उपसभामुख चयनका लागि छलफल जारी छ

0
30
संघीय संसदद भवन नयाँ बानेश्वरमा शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी सांसदहरु। तस्बिर: प्रदीपराज वन्त, रासस
प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनको प्रक्रिया अघि बढेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोविता गौतमले इन्दिरा राणा मगरलाई उपसभामुखमा निर्वाचित गर्न माग गर्दै प्रस्ताव पेस गरेकी हुन् ।

उपसभामुखका लागि सांसद गौतमको प्रस्तावलाई नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनले समर्थन गरेका थिए ।

प्रस्ताव प्रस्तुत गर्दै सांसद गौतमले राणा मगर राजनीतिमा नयाँ भए पनि सामाजिक क्षेत्रमा नेपालीमा चर्चित व्यक्तित्व भएको बताए ।

राणा मगरलाई उपसभामुखमा निर्वाचित गर्नु उनको योग्यताको सम्मान मात्र नभई उपसभामुखको गरिमा पनि कायम राख्ने काम भएको उनले बताइन् ।

त्यसैगरी एमालेका श्रेष्ठ, माओवादी केन्द्रका शर्मा र राप्रपाका लिङ्देनले राणा मगरको पृष्ठभूमि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति र सामाजिक कार्यमा सक्रिय भूमिकाका आधारमा राणा मगरलाई उपसभामुखमा निर्वाचित गर्न सबै सांसदलाई आग्रह गरे ।

निर्वाचन प्रक्रियामा भाग लिएर नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले कांग्रेसकी मुक्ताकुमारी यादवलाई उपसभामुखमा निर्वाचित गर्न सांसदहरुलाई आग्रह गर्दै प्रस्ताव राखेका थिए ।

नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले प्रस्तावलाई समर्थन गरेका थिए ।

प्रस्ताव राख्दै कांग्रेस सांसद पाण्डेले आफू संसदीय मामिलामा अनुभवी भएको भन्दै उपसभामुखका उम्मेदवार यादवका लागि मत मागेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here