२०२२ डिसेम्बर ३० गते होटलमा आगलागी हुँदा कम्बोडियाको ग्राण्ड डायमण्ड सिटी होटल एण्ड क्यासिनोको १२ औं तलाबाट हाम फालेर मृत्यु भएका झापा जिल्लाका ४० वर्षीय निराकार पाण्डेको शव आज घर ल्याइएको छ । उनको शव दिउँसो १२ः३० बजे बिर्तामोड नगरपालिका–१ स्थित घरमा ल्याइएको थियो । शव शुक्रबार काठमाडौं ल्याइयो । युवा उद्यमी पाण्डे भिजिट भिसामा थाइल्याण्ड र त्यसपछि कम्बोडिया गएका थिए । पाण्डेको पार्थिव शरीर आएको थाहा पाएपछि आज बिहानैदेखि हजारौं शुभेच्छुक र स्थानीयबासी उनको घरमा भेला भएका छन् । कम्बोडिया सरकारको तर्फबाट प्रमाणीकरण प्रक्रिया नहुँदा पाण्डेको शव नेपाल ल्याउन ढिलाइ भएको हो । मृतक पाण्डेको शव प्रमाणीकरणका लागि आवश्यक कागजात नेपालबाट कम्बोडिया पठाइएको थियो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेको शव स्वदेश फर्काउन सहजीकरण गर्न सरकारी अधिकारीलाई निर्देशन दिएका थिए । पाण्डेको शव नेपाल ल्याउने सबै खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । पाण्डेको अन्त्येष्टि आजै कन्कैमाई किनारमा गरिने भएको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400