इटहरी उपमहानगरपालिकास्थित जनता स्कुल रंगशालामा आज भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । आज भएको फाइनल खेलमा घरेलु टोली प्रदेश नम्बर १ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । प्रदेश नं १ ले दिएको १०२ रनको विजयी लक्ष्य सुदूरपश्चिमले २० ओभरको पूरा कोटामा एक बल बाँकी रहँदै पुरा गरेको छ । जितमा सम्झना खड्काले ३३ बलमा २७ रन बनाइन् भने डली भट्टले १६ बलमा २२ रन जोडिन् । अन्तिम ओभरमा ६ रन बनाएकी कविता कुँवर १९ रन बनाएर नटआउट भइन् । बलिङतर्फ सबनम राई, हिरणमाई रोय, रुविना क्षेत्री र संगीता राईले समान १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश नम्बर १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०१ रन मात्र जोडेको थियो । प्रदेश नम्बर १ का लागि ओपनर काजल श्रेष्ठ र कप्तान रुबिनाले ३६ रनको ओपनिङ पार्टनरसिप गरे पनि सम्मानजनक स्कोर बनाउन सकेनन्। उपविजेतालाई ट्रफीसँगै सुदूरपश्चिमले रु ५ लाख नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता प्रदेश नं १ ले रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400