परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका प्रधानमन्त्रीसँग भेट गरेका छन्

0
160
श्रीलंका भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले आज कोलम्बोमा उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुन कोलम्बो पुगेका हुन् ।

उनले आज साँझ श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्देनासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीसँग भेट गर्नुअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका समकक्षी अली साबरीसँग भेट गर्नेछन् ।

भेटपछि उनी श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछिन् । परराष्ट्रमन्त्री डा पौड्याल भोलि बिहान श्रीलंकाको स्वतन्त्रता दिवसको अवसरमा आयोजना हुने परेडलगायत मुख्य समारोहमा सहभागी हुने कार्यक्रम छ ।

भोलि दिउँसो उनले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here