निर्देशक राजु गिरीले चलचित्र ‘पूरा भयो सपना मेरो’ निर्देशन गर्ने भएका छन् । यतिवेला कोरोना संक्रमणका कारण चलचित्र छायाँकन ठप्प रहेकाले केही सहज भए पछि छायाँकनमा जाने यो गिरीले बताए । मंसिर दुई गतेदेखि छायाँकनमा जाने तयारीमा निर्माण युनिट जुटेको उनले जानकारी गराए ।
रोशिका फिल्मस्को व्यानरबाट बन्न लागेको यो चलचित्र रोशन थापाको प्रस्तुति हो भने पारस हमाल निर्माता रहेका छन् ।
अर्जुन पोख्रेलको सङ्गीत रहेको चलचित्रको सम्पूर्ण छायाँकन दाङ, सुर्खेत, नेपालगञ्ज, जुम्ला र कर्णाली क्षेत्रका रमरणीय स्थानहरुमा गरिने राजुले जानकारी दिए ।
केही कलकार छनोट भएको र केही कलाकार छनोट हुन बाँकी रहेको भन्दै राजुले कारोना कहर केही सहजभए पछि पत्रकार भेटघाटगरी कलाकार सार्वजनिक गर्ने बताए । यतिवेला विश्वव्यापी कोरोना कहरले सबैक्षेत्र आक्रान्त बनाएको छ भने विगत ६ महिनादेखि सिनेमाघरहरु पनि बन्द छन् ।
केही फाट फुट्ट म्युजिक भिडियोहरूको छायाँकन र सार्वजनिक भइरहेको भए पनि चलचित्र क्षेत्र भने ठप्प नै रहेको छ । केही निर्माता निर्देशकले चलचित्रको घोषणा गरेका छन् तर छायाँकनको बातावरण भने बनिसकेको छैन् । यस्तैमा राजुले पनि नयाँ चलचित्र सुरु गर्न लागेका हुन् ।