विषेश छात्रवृत्तिका साथ छहारी शिक्षा सदन प्लस टु कलेजमा कक्षा ११ मा विद्यार्थी भर्ना शुरु

0
582

छहारी शिक्षा सदन प्लस टु कलेज गोकर्णेश्वर ६ छहारी क्लब नजिकमा शैक्षिक सत्र ०७७/७८को लागि अनलाइन दर्ता खुलेको छ। हाल कोभिड-१९ महामारीका कारण शैक्षिक संस्था बन्द रहे पनि अनलाइन दर्ता गर्न सकिने छाहरी शिक्षा सदन का प्रधानाध्यापक अनिल पराजुलीले जानकारी दिएका छन्। काठमाडौं उपत्यकाका जुनसुकै स्थान बाट सहज यातायातको सुविधा रहेको सहज स्थानमा रहेको सो कलेज विभिन्न क्षेत्रमा अब्बल रहेका विद्यार्थीहरुको रोजाईमा परेको बताउदै प्रधानाध्यापक पराजुलीले जेहेन्दार र सृजनात्मक विद्यार्थीहरुका लागि छात्रवृतिको सुविधा रहेको राष्ट्रखबरलाई बताए।

 नियमित पठन पाठन संगै विद्यालयले प्रयोगात्मक, व्यवहारिक तथा गुणस्तरीय शिक्षा दिनुका साथै उनीहरुको रचनात्मक क्षमता अभिवृद्धि गराउन तथा उद्यमशीलता लाई जोड दिएको भन्दै प्रधानाध्यापक पराजुलीले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार उपयोगी रहेको बताएका छन।

कोभिड १९ को महामारीले विद्यार्थी अभिभावक, विद्यालय, संचालक र सरकार समेत अन्योलमै रहेको अवस्थामा एसईई उत्तीर्ण विद्यार्थीलाई कलेज र विषय समूह छनोट गर्न सजिलो होस् भन्ने उद्देश्यले विद्यार्थी तथा अभिभावकहरुलाई भर्च्युल माध्यम बाट उचित परामर्श प्रदान गर्दै आएको उनले बताए ।

एस ई ईमा परीक्षा ४ जीपीए ल्याउने बिद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति गरिने साथै जेहन्दार तथा आर्थिकस्तर कमजोर भएका र गायन, नृत्य, खेल आदि क्षेत्रका विद्यार्थीलाई ५०% छात्रवृत्ति प्रदान गर्ने उनले बताए । अहिलेको समय सुचना प्रविधिको युग भएकोले प्रविधिमैत्री विद्यालय बनाउन लागि परेको बताउदै यस कार्यलाई प्रभावकारी बनाउनको लागि शिक्षकहरुलाई अभिमुखिकरण कक्षा, अनलाइन मार्फतनै संचालन गरिएको जानकारी दिए।

लामो समयसम्म विदामा बस्दा विद्यार्थीहरुको अध्ययन गर्ने बानीमा कमी आउने हुदा नयाँ रचनात्मक कार्यका साथै आफुमा भएको ज्ञानलाई प्रविधिको माध्यमबाट बृद्धि गर्नको लागि भए पनि विभिन्न संकायमा रजिस्टर भएका बिद्यार्थीहरुलाइ अनलाइन सुरू गर्ने बताए ।

कक्षा ११ का लागि भर्ना हुन चाहने बिद्यार्थीहरु छाहरी शिक्षा सदन प्लस टु कलेजमै आएर कलेजका बारेमा जानकारी लिनुको साथै आफ्नो नाम कक्षा ११ को बिज्ञान ,व्यवस्थापन , मानविकी तथा कानुन संकायमा रजिस्टर गर्न तल लिङक बाटै बिद्यार्थीको विवरण रजिस्टर गर्न सक्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here