पर्यटकीय नगरी इलामको सुन्दरताको वर्णन गर्दै रचना गरिएको गीत ‘स्वर्गसरी इलाम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा इलामका पर्यटकीय गन्तव्य कन्याम, फिक्कल, पशुपतिनगर, श्रीअन्तु, आइतबारे, मंगलबारे, साखेजुङ, सन्दकपुर, माईपोखरी, देउराली, माईखोला, पुवाखोला, नाम्सालिङ, नयाँ बजारलगायतको वर्णन गरिएको छ ।
गौतम डंगोल ‘सन्देश’ले लेखेको गीतमा भीषण निरौलाले संगीत भरेका छन् । त्यस्तै, प्रदीप श्रेष्ठले वाद्य संयोजन गरेका छन् । भीषण निरौला र झुमा निरौलाले स्वर दिएको गीतको भिडियोलाई अञ्जन शर्माले निर्देशन गरेका छन् । भिडियोमा विवश रेग्मी, दीपक पराजुली, सम्झना सापकोटा र मिनु कुमाईले अभिनय गरेका छन् । राम केसीले यस गीतलाई खिचेका हुन् ।