लुम्बिनी प्रदेश सरकारले आगामी वैशाख ६ गते गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो ‘शान्ति म्याराथन’ गर्ने भएको छ । प्रदेश सरकारले नेपाल ओलम्पिक कमिटीसँगको सहकार्यमा यही अप्रिल ६ गते अन्तर्राष्ट्रिय खेलकुद दिवस फर डेभलपमेन्ट एन्ड पिस (आईडीएसडीपी) को अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । बुटवलमा बसेको लुम्बिनी प्रदेश परिषद्को बैठकले खेलाडीको हौसलाका लागि विभिन्न खेलकुद प्रतियोगितासँगै प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको लुम्बिनी प्रदेश परिषद्ले जनाएको छ । बैठकले प्रदेशमा खेलकुदको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता महसुस गर्दै यहाँ खेलकुद क्षेत्रलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400