अन्नपूर्ण सर्किट पदयात्रामा तीन महिनामा २५ सय पर्यटक

0
33
सन् २०२३ को पहिलो तीन महिनामा अन्नपूर्ण सर्किट पदयात्राका लागि दुई हजार ४७५ विदेशी पर्यटक आएका छन् ।

पर्यटकमा १ हजार ६ सय ७८ पुरुष र ७ सय ९७ महिला रहेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एस्याप) टुरिष्ट चेक प्वाइन्टका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिए । एसीएपी क्षेत्रमा दैनिक ४० देखि ५० पर्यटक आउँछन्।

 अन्नपूर्ण क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन नसकेको भन्दै पर्यटन व्यवसायी चिन्तित छन् ।

कोभिड–१९ को महामारी सकिएपछि पनि पर्यटन व्यवसायले गति लिन नसकेको पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताए ।

अघिल्लो वर्ष अर्थात २०२२ मा अन्नपूर्ण सर्किट पदयात्रामा १५ हजार नौ सय विदेशी पर्यटक आएका थिए । जसमा १० हजार ३ सय ६४ पुरुष र ५ हजार ५३६ महिला रहेको गुरुङले बताए । 2021 मा यो संख्या 1,562 पुरुष र 711 महिला सहित 2,273 थियो।

 त्यसैगरी २०२० मा १ हजार ९ सय ७६ पर्यटक आएका थिए भने २०१९ मा ३६ हजार ६ सय ४७ थिए ।परिपथमा पदयात्राका लागि आउने पर्यटकमध्ये अधिकांश छिमेकी मुलुक चीन र भारतका साथै जापान, अष्ट्रेलिया, बेलायत लगायतका मुलुकबाट आउने गरेका छन् ।

बेसीशहरबाट सुरु हुने अन्नपूर्ण सर्किट पदयात्रा लमजुङले मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्लालाई पनि जोड्छ ।

WorldWide Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here