मिलिजुली टिकटक परिवारद्वारा वृद्धाश्रमलाई सहयोग

0
387

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा आवद्ध समुह मिलिजुली टिकटक परिवारले एक कार्यक्रम आयोजना गर्दै काठमाडौंको गोंगबुस्थित हिमालय वृद्धाश्रमलाई सहयोग हस्तान्तरण गरेको छ । सामाजिक सञ्जालले विकृति फैलाउँछ भन्ने सन्देशलाई गलत सावित गर्दै टिकटक समुह मिलिजुली टिकटक परिवारले दैनिक उपभोग्य सामाग्रीहरु आश्रमलाई सहयोग गरेको हो । सामाजिक सञ्जाल टिकटकमा आवद्ध रहेर पनि यो समूहले समय समयमा सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

समूहले एक औपचारिक कार्यक्रम आयोजना गरेर कम्बल ३५ थान, चियापति १० केजि, बिस्कुट २० कार्टुन, लुगा धुने साबुन र नुहाउने साबुन २०÷२० कार्टुन, सर्फ ३५ के. जि., चिउरा ५० केजि, दाल ५० के. जि., फिनेल २० लिटर, चिनी ५० के. जि., जुस २ कार्टुन, सेनिटाइजर २५ लिटर, चाउचाउ २ कार्टुन, भुजा १० के. जि. र आटा ५० के. जि. लगाएत अन्य दैनिक उपभोग्य सामानहरु हस्तान्तरण गरेको हो ।

२०६१ साल देखि संचालनमा रहेको यो आश्रममा हाल १२ जना वृद्ध र २२ जना वृद्धा गरि जम्मा ३४ जना वृद्धवुद्धाहरु रहेका छन् । केही व्यक्ति र संस्थाहरुको सहयोगमा डेढ दशकदेखि सञ्चालित यस आश्रममा स्थानीय सरकार वा अन्य कुनै सरकारी निकायले ध्यान नदिएको आश्रमकी अध्यक्ष सरला पन्थी बताउँछिन् ।

आश्रममा १०० जना भन्दा बढी दाताहरुले सहयोग गरेको भएतापनि हाल खानेपानी र औषधी उपचारको समस्या भएकाले आफुहरु सहयोगी हातहरुको पखाईमा रहेको पन्थीको भनाई छ । मिलिजुली टिकटक परिवार नामक यो समूहले कोरोना महामारीका समयमा रगतको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य राखेर रक्तदान कार्यक्रम समेत आयोजना गरको थियो । आफुहरु यस्ता सामाजिक कार्यहरु गर्न सँधै तत्पर रहेको र अन्य कुनै समूहले सहकार्य गर्न चाहेमा सदा स्वागत गर्न तयार रहेको मिलिजुली टिकटक परिवार समुहका संयोजकहरु राजन कँडेल र कृपा बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here