बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय विज्ञ समितिमा छलफल भएको छ । समितिले लुम्बिनीमा तीन दिनसम्म छलफल गरेर ४२ बुँदे सुझाव दिएको हो । अन्तर्राष्ट्रिय विज्ञहरूले पुरातात्विक संरचनाको संरक्षण र दिगो विकास र स्थानीयलाई पर्यटन विकाससँग जोड्ने कुरामा जोड दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष (एलडीटी) र युनेस्कोले सुझाव कार्यान्वयन गर्नुपर्छ । लुम्बिनीको मायादेवी मन्दिरभित्रको पुरातात्विक संरचनाबारे अन्तर्राष्ट्रिय विज्ञ समितिले गहन छलफल गरेको एलडीटीका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए । त्यसैगरी लुम्बिनी, तिलौराकोट र बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक सम्पदाको संरक्षण र दिगो विकासका लागि अन्तर्राष्ट्रिय विज्ञहरूले छलफल गरेका थिए । जापानी वास्तुविद् केन्जो टांगेले संयुक्त राष्ट्रसंघको सहयोगमा तयार पारेको लुम्बिनी गुरुयोजनाको मर्मअनुसार सम्पदाको संरक्षणका लागि संरचना निर्माण गर्न समितिले सुझाव दिएको छ । स्थानीय जनतालाई पर्यटनसँग जोड्न र उनीहरुको जीविकोपार्जनमा सहयोग पु¥याउन समेत सुझाव दिएको छ । अन्तर्राष्ट्रिय विज्ञ समितिले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न थप रणनीति तयार गर्न जोड दिएको छ । युनेस्को (जापानीज फण्डिङ ट्रस्ट) अन्तर्गत हरेक वर्ष अन्तर्राष्ट्रिय विज्ञहरुको बैठक हुने गर्दछ ।युनेस्कोका सम्पदा विज्ञ प्रा रोलान्ड लिन, अन्तर्राष्ट्रिय विज्ञ प्रा डा रोबिन कनिङ्घम, वरिष्ठ सम्पदा विज्ञ डन्कन मार्शल, प्रा डा उकियो निशिमुरा, विज्ञ डा केई वेइस, नेपालका लागि युनेस्को प्रतिनिधिको सहभागिता रहेको छ । मिचेल टफ्ट, पुरातत्व विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्य, पुरातत्वविद् वसन्त बिडारी, वरिष्ठ बौद्ध विद्वान डा लाम, वरिष्ठ गुरु विवेकानन्दको सहभागिता रहेको थियो ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400