सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा दैनिक ९ घण्टा बन्द हुने भएको छ

0
124
सुरुङ निर्माणका लागि सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रमा सडकखण्ड दैनिक नौ घण्टा बन्द हुने भएको छ ।

ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको मागपछि वैशाख ४ गतेदेखि दैनिक नौ घण्टा राजमार्ग बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले राजमार्ग बन्द भएपछि आवश्यक निर्माण कार्य अगाडि बढाइने जानकारी दिएको छ ।

निर्माण मजदुरको माग पत्रका आधारमा सडक बन्द गर्ने निर्णय गरिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए ।

अर्को सूचना नभएसम्म राजमार्ग बिहान ११ बजेदेखि २ बजेसम्म र बेलुकी १० बजेदेखि अर्को दिन बिहान ४ बजेसम्म बन्द रहनेछ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here