संसदीय समितिको नेतृत्वका लागि प्रमुख दलहरुबीच सहमति भएको छ

0
27
प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले नेपाली कांग्रेस र नेकपा (एमाले)ले संयुक्त संसदीय समितिको नेतृत्व गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको अध्यक्ष पाउनेछ भने नेकपा (एमाले)ले राज्यको मार्गदर्शक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन संसदीय समितिको अध्यक्ष पाउने नेकपाका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । एमाले) पनि बैठकमा उपस्थित थिए ।

उनले प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये एमालेले लेखा समिति र थप एउटा समिति पाएको बताए ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदबाट टुङ्ग्याउने र १५ सदस्यीय विशेष समिति बनाएर सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउने सहमति भएको गिरीले बताए । उनले संसदको चालु अधिवेशन वैशाख २८ गतेसम्म चल्ने बताए ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले वर्तमान संसद्को आगामी अधिवेशनबाट पारित हुने सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक केही दिनभित्रै टुंगिने बताए ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज भएको सहमति सबै दलको सहमतिमा संसद चलाउने प्रयासको परिणाम भएको र सोही भावनामा संसद्को विषयगत समितिको नेतृत्व गर्ने सहमति भएको बताए ।

WorldWide Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here