भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले देशभित्रै उत्पादन हुने सवारी साधन सञ्चालनमा रहेका कानुनी अवरोध हटाउन तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृहनिर्मित सवारी साधन सञ्चालनमा रहेका कानुनी जटिलतालाई समाधान गर्न मन्त्रीले आज मातहतका निकाय र कार्यविधि परिमार्जनका लागि सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले केही दिनभित्रै समस्या समाधान हुने र स्थानीय रूपमा उत्पादन भएका सवारी साधनलाई प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए । स्मरण रहोस्, स्वदेशमै उत्पादित सवारीसाधन दर्ता र सञ्चालनका लागि लामो समयदेखि कानुनी अवरोधको सामना गर्दै आएका छन् ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400