चर्चित गायिका शान्तिश्रीको ‘क्यारी हासम खै’ मा शिवन रन्जिता अभिनित भिडियो सार्वजनिक (भिडियो)

0
525

लोकप्रिय मोडल शिवन पोखरेल अभिनित निकै मार्मिक गीत ‘क्यारी हासम खै’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायिका शान्तिश्री परियार र गायक राजेन्द्र कंडेलको युगल स्वर रहेको गीत देशमै एक प्रतिष्ठित पेशामा आवद्ध भएर पनि दैनीक जीवन यापन गर्न निकै कठिन परिस्थितीले विदेशीन बाध्य तुल्याएको परिवारिक विछोडको वेदनालाई प्रस्तुत गरिएको छ ।

गीत जति मार्मिक छ भिडियोमा कलाकारहरुको अभिनयले भिडियोलाई उतिकै उत्कृष्ट बनाएको छ । मोडल शिवन पोखरेलको अभिनयले देशमा रोजगारी भएर पनि सामान्य तवरले परिवार समेत पाल्न मुश्किल पश्चात विदेशिन वाध्य बनाईएको कथाले समग्र देशको शैक्षिक युवाहरु पलायन हुनुको मुख्य कारण आयश्रोत कम हुनुनै हो भन्ने यथार्थ बोलेको छ ।

भिडियोमा उनलाई मोडल रन्जिता गुरुङ्ग लगायत कुल बहादुर ओली, पदम प्रसाद भट्राई, सम्झना शाह तथा बालकलाकारहरु बृष बराल,सहारा बस्नेत र पुकार श्रेष्ठले साथ दिएका छन ।

प्रशान्त पौडेलको शव्द संगित रहेको गीतलाई दिपकराज विश्वकर्माले एरेन्ज गरेका हुन ।
बिदुर अपगाईले निर्माण गरेको भिडियोलाई देवेन्द्र पांडेले निर्देशन गरेका छन । विपिन क्षेत्रीको छायांकनमा दिनसन शाले सम्पादन गरेका छन भने भिडियो एबिएस म्यूजिकको युट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here