Tuesday, January 13, 2026

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रद्वारा बुढानिलकण्ठ मन्दिर परिसरमा ‘स्वर नारायण’ कार्यक्रमको आयोजना

भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले बुढानीलकण्ठ मन्दिरको एक पूज्य स्थलमा २०७९ मङ्सीर ०६ गते ‘स्वर नारायण’ कार्यक्रमको आयोजना गर्यो ।
बुढानीलकण्ठ मन्दिरसँगको सहकार्यमा यो साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । शास्त्रीय राग ‘शुद्ध सारङ्ग’ को प्रस्तुतिसँगै कार्यक्रमको सुरुवात भयो ।

तत्पश्चात कार्यक्रममा भगवान विष्णु र वहाँका अवतारहरु भगवान कृष्ण र रामका भजनहरु प्रस्तुत गरियो । मीराबाई, तुलसीदास जस्ता प्रसिद्ध सन्तद्वारा रचित प्रख्यात भजनहरु कार्यक्रममा प्रस्तुत गरियो । कार्यक्रममा १०० जनाभन्दा बढीको उपस्थिति थियो ।

यो कार्यक्रम सङ्गीत शिक्षक डा. आशिष सन्त तथा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरुको नेतृत्वमा सम्पन्न गरियो । कार्यक्रममा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका विद्यार्थीहरुको समेत सहभागीता रहेको थियो।

Photos

www.worldwidekhabar.com


Raj Shrestha is a reporter, editor and journalist for worldwidemedianetwork. He has been working in this worldwide media network for the past three years.


#worldwidekhabar

शिष्यहरूद्वारा गुरुलाई विदाई कार्यक्रम

0

इन्डियन एम्बेसी, ‘स्वामी विवेकानन्द कल्चरल सेन्टर’ ( SVCC ) मा शास्त्रीय संगीत सिक्ने शिष्यहरुले आफ्नो गुरु ‘सुशान्त चौधरी ‘ ज्यूलाई सम्मान र सत्कार साथ भव्य रुपमा विदाई कार्यक्रम सम्पन्न गरे।

उक्त कार्यक्रममा सबै शिष्यहरू मिलि गुरु वन्दना गाई गुरुलाई स्वागत गरेका थिए। कार्यक्रममा होस्ट भने दहिया सरले गर्नुभएको थियो। कार्यक्रममा पहिलो गीतको प्रस्तुती भने बलराम श्रेष्ठले गरेका थिए ।

साथै कति शिष्यहरूले आफ्नो गुरुको प्रशंसा गरे भने कतिले गीत सङ्गीतको गुनगान गरी आफ्नो गुरु प्रतिको माया र सम्मान व्यक्त गरे।

Prajesh Rajbanshi
Raj Shrestha


गुरुजीले आफ्ना विद्यार्थीहरूलाइ आफूले सिकाएको ज्ञान, संगीत शिक्षालाई जीवनमा अझ धेरै अगाडि लैजान भनी आशीर्वाद दिनुभएकाे थियाे।

What can be the best lesson in life except this from a guru?

साथै नयाँ गुरु ‘आशिष सन्त‘ ज्यू को स्वागत पनि निकै राम्रो सँग शिष्यहरू द्वारा भएको थियो।

विभिन्न वाद्य वादन बाजाई गुरुहरुले पनि आफ्नो प्रस्तुति शिष्यहरु माझ प्रस्तुत गर्नु भएको थियो।

Guruji

आफ्नो गुरुलाई मायाको चिनो स्वरूप विद्यार्थीहरूले हरेक कार्यक्रममा आफ्नो कला साथै संगीत प्रस्तुत गर्दा खिचिएका फोटो फ्रेमहरु दिएका थिए । फोटोमा बाधिएका यादहरू ताजा हुँदा र आफ्नो आमा सँगका फोटो गुरुले देखनुहुँदा निकै नै भावुक हुनु भएको थियो । सबै विद्यार्थीहरुपनि निकै भावुक भैसकेका थिए ।

Photo Frame

कार्यक्रममा सामना सत्यालले गुरुलाई गिफ्ट दिने क्रममा आफ्नो पिताको भन्दा पनि माथि दर्जा दिदाँ गुरुले भन्नु भएको थियो ,’ मेरो लागि गिफ्ट भन्दा नि ठूलो चिज तिम्ले मलाई पिताको दर्जा दियौ‘ भन्दा कार्यक्रममा रुवावासी सम्म हुन पुगेको थियो ।

सामना सत्याल र सुशान्त गुरूजी
Samana Satyal Sings for guruji

दहिया सरले कार्यक्रममा गुरुको मुखमा मुस्कान लेराउन र गुरुप्रतिको माया व्यक्त गर्दै भन्नुभएको थियाे ‘ मलाई तपाईं सँग एकतर्फी माया बस्यो‘ भन्नुहुँदा कार्यक्रममा निकै नै मनोरञ्जन थपिएको सबैलाई महसुस भएको थियो।

उक्त कार्यक्रममा इन्डियन एम्बेसी बाट गुरु सुशान्त चौधरी, डा. असावरी वापत, दहिया सर , योगा टिचर र आशिष सन्त गरुजी को उपस्थिती थियो भने शिष्यहरू : राज श्रेष्ठ, सामना सत्याल, सुनिल शर्मा, फिलिप चौधरी, प्राजेश राजवंशी, रुपेश झा, बलराम श्रेष्ठ, पुजा सिंह, रश्मी खनाल, रोमन तुलाधार, रौसन झा, रवि, अजय श्रेष्ठ, लक्ष्मी राना, अशेष लामा, शान्ती पाठक, अस्मिता भण्डारी, अञ्जली सुनाम र थुप्रै विद्यार्थीहरु उपस्थित थिए।

वोल्ड वाईड मिडिया नेटवर्कका चेएर पर्सन रामकृष्ठ श्रेष्ठ र इडिटर राज श्रेष्ठ को पनि कार्यक्रममा उपस्थिति थियो ।

उक्त कार्यक्रम वोल्ड वाईड मिडिया नेटवर्क अफिसमा सक्काएर सबैजना गुरुजी सँगै खाना खाएर गुरु मुहारमा कहिले नमेटिने मुस्कान दिएर कार्यक्रमको समाप्त गरेका थिए।

Dinner with Guruji

“गुरु ब्रह्मा है, गुरु विष्णु है, गुरु हि शंकर है;

गुरु हि साक्षात् परब्रह्म है; उन सद्गुरु को प्रणाम ।”

We will always Love You Susanta Guruji🙏

#worldwidekhabar

रास्वपाबाट रुपन्देही–२ मा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने तयारी

0

रुपन्देही – युवा व्यवसायी तथा वैकल्पिक राजनीतिक अभियन्ता सुदन ज्ञवालीले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारी थालेका छन्। लामो समयदेखि वैकल्पिक राजनीतिमा सक्रिय रहँदै आएका ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिने गरी आन्तरिक तयारी अघि बढाएका हुन्।

ज्ञवाली यसअघि नयाँ शक्ति पार्टी र विवेकशील साझा पार्टी हुँदै हाल रास्वपामा आबद्ध नेता हुन्। दशकभन्दा बढी समयदेखि परम्परागत राजनीतिभन्दा फरक धारको वकालत गर्दै आएका उनले आफ्नो उम्मेदवारी आकस्मिक नभई निरन्तर संघर्ष र राजनीतिक यात्राको स्वाभाविक निष्कर्ष भएको बताएका छन्।
‘यो कुनै एक दिनको निर्णय होइन, वैकल्पिक शक्ति निर्माणका लागि वर्षौँदेखि गरिएको त्याग र संघर्षको परिणाम हो,’ उनले उम्मेदवारीबारे प्रतिक्रिया दिएका छन्।

बुटवललाई कर्मथलो बनाएका ज्ञवाली एक स्थापित युवा व्यवसायीसमेत हुन्। अस्पताल, अटो–ल्याण्ड तथा पर्यटन क्षेत्रमा उनको लगानी रहेको छ। व्यवसायसँगै उनी विभिन्न सामाजिक तथा व्यावसायिक संघ–संस्थामा सक्रिय रहँदै आएका छन्। दर्जनौँ संस्थामा आबद्ध भएर सामाजिक सेवामा संलग्न भएकै कारण उनलाई स्थानीय स्तरमा ‘ग्राउन्ड रियालिटी’ बुझ्ने नेताका रूपमा चिनिने गरिएको छ।

सामाजिक क्षेत्रमा पनि उनको सक्रियता उल्लेखनीय छ। अर्घाखाँची हंसपुर समाजको पूर्वअध्यक्ष रहिसकेका ज्ञवालीको रुपन्देहीमा बसोबास गर्ने अर्घाखाँचीबासीहरूसँग गहिरो सम्बन्ध छ। विशेषगरी सैनामैना नगरपालिका र बुटवलका विभिन्न वडाहरूमा अर्घाखाँचीबाट आएका मतदाताको उल्लेख्य उपस्थिति रहेकाले त्यसले आफ्नो राजनीतिक यात्रामा सकारात्मक प्रभाव पार्ने उनको बुझाइ छ।

रुपन्देही–२ नेकपा एमालेका प्रभावशाली नेता विष्णु पौडेल निर्वाचित हुँदै आएको क्षेत्र हो। पौडेलसँगको प्रत्यक्ष प्रतिस्पर्धा चुनौतीपूर्ण भए पनि स्थानीय मुद्दा, युवाको रोजगारी, उद्यमशीलता, स्वास्थ्य र सुशासनलाई केन्द्रमा राखेर आफूले फरक विकल्प प्रस्तुत गर्न सक्ने ज्ञवालीको दाबी छ।
स्थानीय विश्लेषकहरूका अनुसार यो क्षेत्रमा परम्परागत दलप्रति बढ्दो असन्तुष्टि र वैकल्पिक शक्तिप्रति आकर्षण देखिन थालेको छ।

अघिल्लो निर्वाचनमा रास्वपाले रुपन्देही–२ मा २७ हजारभन्दा बढी समानुपातिक मत प्राप्त गरेको थियो। सो मत परिणामले पनि आगामी निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने व्यक्तिका लागि सम्भावनाको आधार तयार भएको राजनीतिक वृत्तको विश्लेषण छ।

युवा, व्यवसायिक अनुभव र सामाजिक पहुँचलाई आफ्नो मुख्य बल ठान्ने ज्ञवालीको उम्मेदवारी घोषणाले रुपन्देही–२ को राजनीतिक प्रतिस्पर्धालाई थप चासोपूर्ण बनाउने संकेत देखिएको छ।

पं. डा. निशिकान्त सोनवलकरको च्यारिटी कन्सर्ट’युवान तोडी, इश्वरि खड्का र दिनेश खड्काको मन छुने प्रस्तुति’

काठमाडौं, विश्वप्रसिद्ध तबला वादक पं. डा. निशिकान्त सोनवलकरको अगुवाईमा आयोजित ‘च्यारिटी म्यूजिक कन्सर्ट शो’ कार्यक्रम काठमाडौंको होटल टिबेट कन्फरेन्स रूममा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सन्तुरमा युवा कलाकार युवान तोडी, सितारमा इश्वरि खड्का, र तानपुरामा दिनेश खड्काले समागम गरिरहेका थिए।

कार्यक्रममा करिब ७५ भन्दा बढी सहभागीहरू उपस्थित थिए। दर्शकहरूले पं. सोनवलकरद्वारा प्रस्तुत उत्तर भारतीय शास्त्रीय तबला एकल प्रस्तुतिको सजीव अनुभव लिएका थिए। उनी द्वारा प्रस्तुत १६ ताल टीन्तालमा आधारित तबला प्रस्तुतिले संगीतको माधुर्य प्रस्तुत गर्नुका साथै शास्त्रीय लय, ताल संरचना र रचनात्मकताका जटिल पक्षहरूलाई व्याख्या गर्दै व्याख्यान प्रस्तुति शैलीमा दर्शक सामु प्रस्ट पारेको थियो।

तबलाको प्रस्तुति पश्चात्, जुगलबन्दी  कार्यक्रम भएको थियो, जहाँ युवान तोडीले सन्तुर प्रस्तुत गरे, उनी भारतीय शास्त्रीय रागहरू अध्ययन गर्दै डून स्कूल, देहरादूनमा अध्ययनरत छन्। सितारमा इश्वरि खड्काको साथले समग्र प्रदर्शनलाई अझ समृद्ध बनाएको थियो।

कार्यक्रम  वरिष्ठ दन्त सर्जन  डा. नील पाण्डेद्वारा आयोजना गरिएको थियो। यस  संगीत कार्यक्रमबाट संकलित सबै आम्दानी नेपालका ग्रामीण क्षेत्रहरूमा दन्त शिविर आयोजना गर्न प्रयोग गरिने जनाइएको छ।

पं. निशिकान्त सोनवलकरले शास्त्रीय परम्परा, आधुनिक शिक्षाशास्त्र र सामाजिक सेवामा योगदान गर्ने आफ्नो दृष्टिकोण यस कार्यक्रम मार्फत पुनः प्रमाणित गरे।

उपस्थित दर्शकहरूले कार्यक्रमको सांगितिक उत्कृष्टता र आकर्षक प्रस्तुति शैलीलाई प्रंशसा गरेका थिए।

नेबिसंघ र तरुण दलबाट उदाएका युवा नेता राकेश यादवको राजनीतिक यात्रा:पर्सा–२ मा उम्मेदवारी सिफारिस

0

नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा युवा नेता राकेश यादवको नाम सिफारिस गरेसँगै पार्टीभित्रको उम्मेदवारी प्रक्रिया नयाँ मोडमा पुगेको छ। क्षेत्रीय र जिल्ला तहबाट नाम हटाइएपछि प्रदेश समितिमार्फत केन्द्रसम्म पुगेको यादवको उम्मेदवारीले कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र पुस्तान्तरणको बहसलाई पुनः सतहमा ल्याएको छ।

यसअघि क्षेत्रीय र जिल्ला कार्यसमितिले यादवको नाम हटाउँदै पूर्वमन्त्री अजयकुमार चौरसिया, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य र मदन यादवको नाम मात्र सिफारिस गरेका थिए। यस निर्णयलाई आफूविरुद्धको अन्याय ठहर गर्दै यादवले पुस ८ गते मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्ण यादवलाई भेट गरी पार्टी विधानअनुसार उम्मेदवारी सिफारिसका लागि लिखित निवेदन दिएका थिए।

यादवको निवेदनपछि प्रदेश सभापति कृष्ण यादवले “क्षेत्र र जिल्लाबाट छुट हुन गएको” भन्दै पार्टी विधानको व्यवस्था प्रयोग गरी राकेश यादवको नाम प्रत्यक्षतर्फ केन्द्रिय कार्यसमितिमा सिफारिस गरेका हुन्। प्रदेश कार्यसमितिको सिफारिस पत्र केन्द्रिय कार्यालयमा दर्ता भइसकेको छ, जसले यादवको उम्मेदवारी औपचारिक प्रक्रियामा प्रवेश गरेको संकेत गर्छ।

युवा नेता यादवले क्षेत्र र जिल्लामा पुराना नेताहरूको दबाब तथा गुटगत राजनीतिका कारण आफ्नो नाम हटाइएको दाबी गरेका छन्। तर आफूले पार्टीभित्रै विधिसम्मत बाटो अपनाएर प्रदेश समितिमा निवेदन दिएको र त्यसैको परिणामस्वरूप केन्द्रमा नाम सिफारिस भएको उनको भनाइ छ। यस घटनाले कांग्रेसभित्र उम्मेदवार छनोटमा पारदर्शिता र समावेशिताको प्रश्नलाई पुनः उठाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यादवले गत मंसिर २२ गते क्षेत्रीय कार्यसमितिमा ११ हजार रुपैयाँ दस्तुर बुझाएर उम्मेदवारी आवेदन दिएका थिए। सुरुमा क्षेत्रीय कार्यसमितिले चारै जनाको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरे पनि केही दिनमै यादव बाहेक अन्य तीन जनाको नाम मात्र अघि बढाइएको थियो।

त्यसपछि यादवले मंसिर २९ गते कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीलाई भेट गरी पुनः लिखित निवेदन दिएका थिए। तर जिल्ला कार्यसमितिले पनि यादवको नाम हटाएर तीन जनाको नाम मात्र मधेस प्रदेश कार्यसमितिमा पठाएको जानकारी प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले दिएका थिए।

राकेश यादवः संगठनबाट उठेको युवा अनुहार

राकेश यादव पर्साको बहुदरमाई नगरपालिका–२, सिसियाडी बैरियाका स्थायी बासिन्दा हुन्। उनी नेबिसंघका पूर्वसभापति, वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व स्ववियु सचिव, तथा नेपाल तरुण दल पर्साका पूर्व जिल्ला सचिव रहिसकेका छन्। विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा लामो समय सक्रिय रहेका यादवलाई कांग्रेसभित्र “ग्रासरुटबाट उठेको युवा नेता”का रूपमा चिनिन्छ।

प्रदेश समितिबाट केन्द्रसम्म पुगेको यादवको सिफारिसले कांग्रेसभित्र दुई महत्वपूर्ण सन्देश दिएको देखिन्छ। पहिलो, युवा पुस्तालाई बेवास्ता गर्दा पार्टीभित्र असन्तोष बढ्न सक्छ भन्ने संकेत। दोस्रो, पार्टी विधान प्रयोग गरेर पनि स्थापित नेताहरूको निर्णयलाई चुनौती दिन सकिने उदाहरण। पर्सा–२ मा यादवको उम्मेदवारी अन्तिम रूपमा टुंगिएमा यसले स्थानीय राजनीतिमा नयाँ समीकरण र युवा मतदाताको आकर्षण बढाउने अनुमान गरिएको छ।

‘ढिके नुनबाट आयोडिनयुक्त नुनसम्म’ गलगाँड निवारणको सफल यात्रा

0

काठमाडौं ।  नेपालले पछिल्ला दशकमा गलगाँड (इन्डेमिक गोइटर) निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ। विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली भू–भागका नागरिक गलगाँडको चरम समस्याबाट पीडित थिए। घाँटीमा गलगाँड हुनु सामान्य ठानिन्थ्यो । तर सरकारको दीर्घकालीन नीति र प्रभावकारी कार्यान्वयनले यो अवस्था पूर्ण रूपमा परिवर्तन भएको छ।

सरकारले कण्ठरोग निवारण कार्यक्रमअन्तर्गत आयोडिनयुक्त नुनको देशव्यापी वितरण अभियान सञ्चालन गरेपछि पछिल्लो दशकमा गलगाँडको समस्या लगभग शून्यमा झरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार आयोडिनयुक्त नुनको पहुँच झण्डै शत प्रतिशत पुगेपछि आयोडिनको कमीबाट हुने गलगाँड नियन्त्रणमा आएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकतामा रहेको यस कार्यक्रमलाई साल्ट ट्रेडिङ कर्पोरेशनले प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ। दुर्गम पहाडी र हिमाली २२ जिल्लासम्म आयोडिनयुक्त नुनको सहज आपूर्ति पुगेको छ। आर्थिक वर्ष २०७०/७१ देखि हालसम्म सरकारले कण्ठरोग निवारणमा शत प्रतिशत सफलता हासिल गरेको जनाएको छ।

स्थानीय तह, विद्यालय र स्वास्थ्य संस्थाको सक्रियताले पनि ठूलो योगदान पुर्‍याएको छ। ‘ढिके नुन खानु हुँदैन’ भन्ने सचेतना गाउँ–गाउँमा फैलिएको छ। अहिले ग्रामीण भान्सामा दुई बालबालिका चिन्ह अंकित आयोडिनयुक्त नुनको प्रयोग व्यापक भएको छ र गलगाँडका बिरामी देखिन छाडेका छन्।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार आयोडिन शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हो। यसको कमीले गलगाँड मात्र होइन, थाइराइड समस्या, मानसिक तथा शारीरिक विकासमा अवरोध, गर्भावस्थामा जटिलता र बालबालिकामा न्यूरोलोजिकल समस्या देखिन सक्छ। आयोडिनयुक्त नुनले थाइरोड हर्मोन उत्पादनमा सहयोग गरी दिमागको विकास, कोशिकाको कार्य र समग्र स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्छ।

सुमी पराजुलीको नयाँ गीत ‘पिपल बोटैमा’ युट्युबमा सार्वजनिक(भिडियो)

गायिका सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ शुक्रबार आधिकारिक रूपमा Sumi Parajuli Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। केही दिनअघि सार्वजनिक गरिएको पोस्टरबाटै चर्चामा आएको गीत अब भिडियोसहित दर्शक–श्रोतामाझ आएको हो।

लोक–आधुनिक स्वाद समेटिएको यस गीतमा स्वर सुमी पराजुली, शब्द आनन्द अधिकारी, संगीत एलिश कार्की, एरेञ्ज शिवम रसाइली, तथा मिक्स/मास्टर श्यामश्वेत रसाइलीको रहेको छ। गीतको रेकर्डिङ म्युजिक क्लाउड, कमलादीमा गरिएको हो।

गीतको भिडियोमा अभिनेता गम्भीर बिष्ट र अभिनेत्री बिना राउतको सशक्त अभिनय देख्न सकिन्छ। प्रेम, स्मृति र भावनात्मक उतारचढावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोको छायांकन, सम्पादन तथा कलर पवन सुस्लिङले गरेका हुन्। मेकअप सुभाष तिमिल्सिना, पोशाक कुसुम बुटिक, तथा कोरियोग्राफी पुनम श्रेष्ठको रहेको छ।

भिडियोको पोस्टर सन्तोष डिजाइनले तयार पारेका हुन् भने प्रोडक्सन कन्ट्रोल शम्भु श्रेष्ठले सम्हालेका छन्।

सुमी पराजुली पछिल्लो समय नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी प्रतिभाशाली गायिकामध्ये एक हुन्। भावनात्मक गीतदेखि आधुनिक तथा लोक–फ्युजन शैलीका गीतमा समेत सहज रूपमा स्वर दिन सक्ने सुमीको गायनशैली सरल, मीठो र श्रोताको मन छुने खालको मानिन्छ। यसअघि सार्वजनिक भएका उनका केही गीतहरूले पनि राम्रो दर्शक–श्रोता प्रतिक्रिया पाइसकेका छन्। ‘पिपल बोटैमा’ लाई उनले आफ्नो करिअरको अर्को महत्त्वपूर्ण प्रस्तुति मानेकी छन्।

गीत सार्वजनिक भएसँगै निर्माण टिमले दर्शक–श्रोताबाट निरन्तर माया, सुझाव तथा सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेको जनाएको छ।

बाल प्रतिभाको अन्तर्राष्ट्रिय यात्रा : लिटल च्याम्पियन्स नेपाल सिजन–२ सुरु

काठमाडौ । व्ल्याक वर्ड ईन्टरटेनमेन्टको आयोजनामा सञ्चालन हुने बाल प्रतिभा खोज कार्यक्रम लिटिल च्याम्पियन्स नेपालले पहिलो सिजनको  सफलतापछि दोस्रो सिजन  सुरु गरेको छ। पहिलो सिजनले सहभागिता, व्यवस्थापन र प्रतिफलका दृष्टिले उत्कृष्ट सफलता प्राप्त गरेपछि अभिभावक, विद्यालय तथा विद्यार्थीहरूको व्यापक मागका आधारमा यस वर्ष कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाइएको आयोजकले जनाएको छ।

यस अन्तर्गत लिटल च्याम्पियन्स नेपाल दोस्रो सिजनको अडिसन मंसिर ६ गते सम्पन्न भएको थियो। अडिसनमा काठमाडौं तथा आसपासका ४० वटा विभिन्न विद्यालयका करिब ४ सय विद्यार्थीहरूले नृत्य र गायन विधामा आफ्नो लुकेका प्रतिभा प्रस्तुत गरेका थिए। निष्पक्ष र कडा मूल्याङ्कनपछि तीमध्येबाट १०० जना उत्कृष्ट प्रतियोगीहरू आगामी चरणका लागि छनोट गरिएका छन्।

छनोट भएका प्रतियोगीहरूका लागि मंसिर १३ गतेदेखि प्रत्येक शनिबार गरी लगातार ७ सातासम्म नियमित प्रशिक्षण कक्षा सञ्चालन गरिनेछ। प्रशिक्षण अवधिमा उनीहरूलाई नृत्य तथा गायनसम्बन्धी प्राविधिक सीप, मञ्च प्रस्तुति, आत्मविश्वास अभिवृद्धि, अभिव्यक्ति कला तथा अनुशासनसम्बन्धी अभ्यास गराइने आयोजकले जानकारी दिएको छ। प्रशिक्षण सम्पन्न भएपछि कार्यक्रमको भव्य अन्तिम चरण (ग्रान्ड फिनाले) आयोजना गरिनेछ, जहाँ सबै प्रतियोगीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

अन्तिम प्रतिस्पर्धाबाट डान्स सिनियर समूह, डान्स जुनियर समूह, गायन समूह अन्तर्गत विजेता तथा उपविजेताको घोषणा गरिनेछ। विशेषगरी शीर्ष विजयी प्रतिभाहरूले थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। यसले बाल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने महत्वपूर्ण प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई अझ गुणस्तरीय र व्यावसायिक बनाउने उद्देश्यले प्रतियोगीहरूलाई नृत्यसम्बन्धी प्रशिक्षण सन्दिप भुजेल, शान्ति तामाङ्ग,अस्विन गुरुङ्ग तथा युनीका खतिवडा बाट प्रदान गरिनेछ भने गायन तथा संगीतसम्बन्धी प्रशिक्षण विभुषण राईबाट प्रदान गरिनेछ। अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा बालबालिकाले आफ्नो प्रतिभा निखार्ने, मञ्चीय अनुभव हासिल गर्ने तथा भविष्यको व्यावसायिक यात्राका विषयमा महत्वपूर्ण मार्गदर्शन पाउने आयोजकले जनाएको छ।

आयोजकका अनुसार पहिलो सिजनमार्फत धेरै बालबालिकाले पहिलोपटक ठूलो मञ्चमा आफ्नो प्रस्तुति दिने अवसर पाए, जसले उनीहरूमा आत्मविश्वासको विकास गर्यो। साथै विभिन्न विद्यालयहरूबीच आपसी सद्भाव र सम्पर्क सञ्जाल विस्तार भयो भने अभिभावकहरूले पनि आफ्ना सन्तानमा रहेको प्रतिभा नजिकबाट अवलोकन गर्ने अवसर पाए। यही सफलताको निरन्तरता स्वरूप दोस्रो सिजनलाई अझ बलियो संरचना, अनुभवी कार्यसम्पादन टोली र स्पष्ट अन्तर्राष्ट्रिय लक्ष्यसहित सञ्चालन गरिएको हो।

बालबालिकाको बहुआयामिक विकास, सांस्कृतिक संरक्षण तथा कला क्षेत्रमा उज्ज्वल भविष्य निर्माण गर्न चाहने नयाँ पुस्तालाई प्रेरित गर्नु नै लिटल च्याम्पियन्स नेपालको मुख्य उद्देश्य रहेको आयोजकले स्पष्ट पारेको छ।

सुदूरपश्चिमको पहिलो नायक आचार्यको सपना:फिल्म शिक्षासहित स्थानीय कलाकार उत्पादन

धनगढी । सुदुरपश्चिम प्रदेशका पहिलो नायक एवं वरिष्ठ कलाकार अम्बिका प्रसाद आचार्यले धनगढीमा ए. एस. उडान फिल्म प्रोडक्सन संचालनमा ल्याएका छन । प्रतिनिधि सभाका सदस्य डिल्लीराज पन्त र सुदूरपश्चिम प्रदेश सभाका सदस्य धर्मराज पाठक, नायक श्रीदेब भट्टराई, कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष राजेन्द्र लुईटेलले सो कार्यालयको औपचारिक शुभारम्भ गरेका थिए ।

सोही अवसरमा ए. एस. उडान फिल्म प्रोडक्सनले निर्माण गरेको ऋतु बाल लघु राष्ट्रिय चलचित्रका कलाकारहरुलाई सम्मानित गरिएको थियो । प्रमुख अतिथी प्रतिनिधि सभाका सदस्य पन्त र सुदुरपश्चिम प्रदेश सभाका सदस्य पाठक, नायक भट्टराई , कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष लुईटेलले कलाकारहरुलाई प्रशंसापत्र एवं सम्मान प्रदान गरेका हुन् ।

राष्ट्रिय चलचित्र बिकास बोर्डबाट इजाजत लिएर प्रोडक्सनले निर्माण गरेको ऋतु बाल लघु चलचित्रको निर्देशन र कथा लेखन अम्बिका प्रसाद आचार्यको गरेका हुन् । शैक्षिक तथा सन्देशमुलक उक्त बाल लघु चलचित्रको कथा सम्पादक स्तुति आचार्य, क्यामेरामेन अनिल चौधरी तथा प्राविधिक लाइट्स्मेन योगेश अवस्थी रहेका छन् ।

सुदूरपश्चिममा नै छायांकन गरिएको ऋतु बाल लघु चलचित्रमा कलाकारहरु सोनिया बम, सुस्मिता कुँवर खड्का, सबिना कँडेल (बलायर), सुशील प्रकाश जोशी, ज्योति उप्रेती, जवानी चौधरी, अभिषेक थापा, अमृता कार्कीको अभिनय रहेको छ ।

सोही समारोहमा नेपाली चलचित्रका चकलेटी नायक तथा मोडेल भट्टराई र कार्यक्रम व्यवस्थापन संघ नेपालका अध्यक्ष एवं विश्वकिर्तिमानी राजेन्द्र लुइटेललाई खादा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सो अवसरमा प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले आचार्यले बिगतदेखि नै कलाकारितामा पुरयाएको योगदान उच्च रहेको बताउँदै अचार्यले अभिनय गरेको अर्पण चलचित्रको आफुले हेरेको सम्झना अझै रहेको बताए । आचार्यले सो चलचित्रमा गरेको सशक्त अभिनय आफ्नो मानसपटलमा आजसम्म ताजै रहेको उनले बताए ।

आचार्य आज कलाकार उत्पादनका लागि ब्यानर बनाएर लाग्नु यस क्षेत्रको लागि निकै प्रशंसनिय कार्य भएको पन्तले बताए ।

सुदुरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले सुदुरपश्चिमको पहिलो नायक अम्बिका प्रसाद जीले आफुलाई नायकदेखि ऋतु बाल लघु चलचित्रबाट निर्माता र निर्देशकका रुपमा पनि आफुलाई स्थापित गरेको बताए ।

नायक भट्टराईले सुदुरपश्चिम कला क्षेत्रमा धनी भएको बताउँदै यहा फिल्म निर्माणका लागि निकै आकर्षक क्षेत्रहरु रहेको बताए । सुदुरपश्चिममा आफुले तीन चलिचित्रमा अभिनय गरिसकेको भट्टराईले बताए । त्यसै गरि कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष लुईटेलले यसरी सुदुरपश्चिमकै एक चिनारी बोकेर राष्ट्रिय स्तरमा कलाकारिताको माध्यमबाट बेग्लै छवी बनाएका पहिलो नायकले संचालनमा ल्याएको फिल्म प्रडक्सन उद्घाटन गर्नुं पाउनु आफुलाई गर्व महशुस भएको बताए ।

निर्माता तथा निर्देशक आचार्यले सुदुरपश्चिममा नै कलाकार उत्पादन गर्ने कलेज तथा इन्स्टिच्युट स्थापना गर्ने, अभिनय प्रशिक्षण सिकाउने इन्स्टिच्युट स्थापना गर्ने र सुदुरपश्चिमका सबै भाषाभाषीमा चलचित्र निर्माण गर्ने लक्ष्य रहेको बताए ।

शुभारम्भ एवं सम्मान समारोह ए. एस. उडान फिल्म प्रोडक्सनका निर्देशक अम्बिका प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव गुणाकर पनेरुले गरेका थिए । कार्यक्रममा विभिन्न कलाकारहरुले आ आफ्नो प्रस्तुती दिएका थिए ।

अशोक दर्जी अभिनीत ‘मन बिनाको धन’: मिनु शर्मा ‘सपना’को फिल्मी यात्राको पहिलो पाइला

काठमाडौं — बालगायक अशोक दर्जी अभिनीत चलचित्र ‘मन बिनाको धन’ आगामी कार्तिक २१ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउँदैछ। निर्देशक तथा संगीतकार टंक बुढाथोकीको कथा, संगीत र निर्देशनमा बनेको यो चलचित्रले मन र धनबीचको सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको छ।

सार्वजनिक गरिएको ट्रेलरमा समाजमा पैसाको प्रभाव, मानवीय संवेदना र पारिवारिक सम्बन्धका विविध आयाम चित्रण गरिएको देखिन्छ। फिल्मले ‘धनभन्दा मन ठूलो हो’ भन्ने सन्देश दिन खोजेको निर्देशक बुढाथोकीले बताएका छन्।

चलचित्रमा अशोक दर्जी, आर बुढाथोकी, नीता ढुंगाना, रमेश विश्वकर्मा, सरोज खनाल, भोलाराज सापकोटा, सन्तोष पन्त, रबिन्द्र झा, बुद्धि तामाङ, बिनु राउत, रमेश बुढाथोकी, पार्वती अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ। बाल कलाकारका रूपमा सम्रागी थापा, बाबु पराजुली, दीपजल बस्नेत, आरिका झा, अभिषेक थापा लगायत देखिएका छन्।

फिल्मका संवाद शिवम अधिकारी र टंक बुढाथोकीले लेखेका हुन्। छायांकन सौरभ लामा, सम्पादन मित्र डी. गुरुङ, र पृष्ठभूमि संगीत त्सुजिल कर्माचार्यले गरेका छन्।

चलचित्रकी  कार्यकारी निर्मात्री मिनु शर्मा ‘सपना’ महिला उद्यमीका रूपमा पनि परिचित छिन्। नेपाल, दुबई, भारत र चीनमा समेत व्यवसाय विस्तार गरेकी शर्माले पहिलोपटक चलचित्र निर्माणमा हात हालेकी हुन्।

ट्रेलर सार्वजनिक भएलगत्तै उनका सुपुत्री सम्रागी थापाको अभिनयले दर्शकको ध्यान तानेको छ। उनको सहज र भावनात्मक अभिनय क्षमताको चौतर्फी चर्चा भइरहेको छ।

निर्मात्री शर्माले यो चलचित्रप्रति आफू अत्यन्त आशावादी रहेको बताएकी छन्। उनका अनुसार चलचित्रले मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश दिनेछ। सफल व्यवसायिक पृष्ठभूमि भएकी उनले चलचित्र क्षेत्रमै पनि सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गरेकी छन्। निर्माण बिष्णुमाया मैनालीले गरेकी हुन्।

फिल्ममा कबिराज गहतराज, रामजी लामिछाने र सिस्टर खतिवडाको कोरियोग्राफी रहेको छ भने शाहिल खानले ट्रेलर सम्पादन गरेका हुन्।

ट्रेलर सार्वजनिक भएको केही दिनभित्रै दर्शक तथा फिल्मकर्मीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्माण पक्षले जनाएको छ। निर्देशक बुढाथोकीका अनुसार फिल्मले पारिवारिक र सामाजिक सन्देशसहित मनोरञ्जन दिन सक्नेछ।

फिल्म ‘मन बिनाको धन’ नेपालका हलहरूसँगै विदेशमा पनि प्रदर्शनको तयारी गरिएको निर्माण टिमले जनाएको छ।

राष्ट्र बैंकले शेयर धितो कर्जामा लचिलो नीति अपनायो

काठमाडौं, असोज २२

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै शेयर धितो कर्जासम्बन्धी सीमा हटाउने निर्णय गरेको छ। यससँगै अब बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितोमा कर्जा प्रवाह गर्दा पूर्वनिर्धारित सीमा पालना गर्नुपर्ने छैन।

यसअघि मार्जिन प्रकृतिको शेयर धितो कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड रुपैयाँ तोकिएको थियो। उक्त सीमा हटाइएपछि बैंकहरूलाई शेयर धितो कर्जा प्रवाहमा बढी लचिलोपन मिल्ने भएको छ।

त्यस्तै, राष्ट्र बैंकले संगठित संस्थाको शेयर, डिबेञ्चर र अन्य लगानीसम्बन्धी प्रावधानहरू पनि संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार, बैंक तथा वित्तीय संस्थाहरूले यस्ता कागजातमा ६ महिनाभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउने व्यवस्था गरिएको छ।

अबदेखि कुनै पनि बैंक वा वित्तीय संस्थाले संगठित संस्थाको शेयरमा अल्पकालीन (छ महिनाभन्दा कम अवधिको) लगानी गर्न पाउने छैनन्। साथै, धितोपत्र बोर्डमा सूचीकृत नभएका संगठित संस्थाका शेयर वा डिबेञ्चरमा गरिएको लगानी तीन वर्षभित्र सूचीकृत हुनुपर्नेछ। यदि सो अवधिभित्र सूचीकृत नभएमा सो लगानी बराबरको रकम सञ्चित मुनाफाबाट कटाएर ‘लगानी समायोजन कोष’मा राख्नुपर्ने व्यवस्था गरिएको छ। कोषमा जम्मा गरिएको रकम उक्त शेयर वा डिबेञ्चर सूचीकृत नभएसम्म प्रयोग गर्न पाइने छैन।


worldwidekhabar

नेपाल–फिलिपिन्स सम्बन्ध सुदृढ पार्ने उद्देश्यले मनिलामा सांस्कृतिक उत्सव

0

काठमाडौँ, १२ असोजः एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट र ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सको आयोजनामा फिलिपिन्सको मनिलामा आगामी नोभेम्बर ९ मा मनिला अन्तरराष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रमबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले उक्त जानकारी दिँदै नेपाल र फिलिपिन्सबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको बताउनुभयो ।

“नेपालको पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, त्यस अवसरमा नेपाल र फिलिपिन्स दुवै देशका कलाकारहरुले मौलिक प्रस्तुति दिनुहुनेछ”, अध्यक्ष लामाले भन्नुभयो, “कार्यक्रममा विभिन्न विधामा अवार्ड तथा सम्मान पनि प्रदान गरिनेछ ।” कार्यक्रमको उद्देश्य केबल मनोरञ्जनमा मात्रै सीमित नभइ प्रतिभाशाली कलाकारहरुलाई अन्तरराष्ट्रिय मञ्चमा पु¥याउनु पनि उद्देश्य रहेको उहाँको भनाइ थियो ।

कम्पनीका प्रबन्ध निर्देशक फूर्वा ग्याल्बो मोक्तान (थुप्तेन)ले कार्यक्रममा विश्व शान्ति र विकास, मानवतावाद, सार्वजनिक सेवा, व्यवसाय र अन्तरराष्ट्रिय कूटनीति जस्ता क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्व र संस्थाहरुलाई सम्मान गरिनेछ । उहाँले भन्नुभयो, “यो कार्यक्रम दुवै देशको सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि एउटा सांस्कृतिक उत्सव हुनेछ, नेपाली कलाकारहरुले आफ्नो कला अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर पनि पाउनुहुनेछ ।”

नेशनल डाइनामिक आटर्स (एनडिए)का अध्यक्ष देवराज गुरुङले कार्यक्रमले दुई देशबीचको कला र संस्कृति आदानप्रदानमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमले दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउनुका साथै नेपाली कला र संस्कृतिक अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर पनि प्राप्त हुनेछ ।”

पत्रकार सम्मेलनमा फिलिपिन्सस्थित ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सका तर्फबाट जोभ्यलिन एसस्पालाब्रा र केनेथ गाय साल्भाटुसले भर्चुअल उपस्थिति जनाउनुभएको थियो । उहाँहरुले आफूहरु नेपाली कम्पनीसँगको सहकार्यमा काम गर्न पाउँदा निकै खुसी लागेको उल्लेख गर्दै नेपाली कलाकार र व्यक्तित्वहरुलाई फिलिपिन्समा स्वागत गर्न तयार रहेको बताउनुभयो ।

एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टले यसअघि चीन, जापान, युएईलगायतका देशमा पर्यटक प्रवद्र्धन र कला तथा संस्कृति आदानप्रदानलगायतका कार्यक्रम आयोजना गरिसकेको छ ।