Monday, May 19, 2025

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रद्वारा बुढानिलकण्ठ मन्दिर परिसरमा ‘स्वर नारायण’ कार्यक्रमको आयोजना

भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले बुढानीलकण्ठ मन्दिरको एक पूज्य स्थलमा २०७९ मङ्सीर ०६ गते ‘स्वर नारायण’ कार्यक्रमको आयोजना गर्यो ।
बुढानीलकण्ठ मन्दिरसँगको सहकार्यमा यो साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । शास्त्रीय राग ‘शुद्ध सारङ्ग’ को प्रस्तुतिसँगै कार्यक्रमको सुरुवात भयो ।

तत्पश्चात कार्यक्रममा भगवान विष्णु र वहाँका अवतारहरु भगवान कृष्ण र रामका भजनहरु प्रस्तुत गरियो । मीराबाई, तुलसीदास जस्ता प्रसिद्ध सन्तद्वारा रचित प्रख्यात भजनहरु कार्यक्रममा प्रस्तुत गरियो । कार्यक्रममा १०० जनाभन्दा बढीको उपस्थिति थियो ।

यो कार्यक्रम सङ्गीत शिक्षक डा. आशिष सन्त तथा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरुको नेतृत्वमा सम्पन्न गरियो । कार्यक्रममा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका विद्यार्थीहरुको समेत सहभागीता रहेको थियो।

Photos

www.worldwidekhabar.com


Raj Shrestha is a reporter, editor and journalist for worldwidemedianetwork. He has been working in this worldwide media network for the past three years.


#worldwidekhabar

शिष्यहरूद्वारा गुरुलाई विदाई कार्यक्रम

0

इन्डियन एम्बेसी, ‘स्वामी विवेकानन्द कल्चरल सेन्टर’ ( SVCC ) मा शास्त्रीय संगीत सिक्ने शिष्यहरुले आफ्नो गुरु ‘सुशान्त चौधरी ‘ ज्यूलाई सम्मान र सत्कार साथ भव्य रुपमा विदाई कार्यक्रम सम्पन्न गरे।

उक्त कार्यक्रममा सबै शिष्यहरू मिलि गुरु वन्दना गाई गुरुलाई स्वागत गरेका थिए। कार्यक्रममा होस्ट भने दहिया सरले गर्नुभएको थियो। कार्यक्रममा पहिलो गीतको प्रस्तुती भने बलराम श्रेष्ठले गरेका थिए ।

साथै कति शिष्यहरूले आफ्नो गुरुको प्रशंसा गरे भने कतिले गीत सङ्गीतको गुनगान गरी आफ्नो गुरु प्रतिको माया र सम्मान व्यक्त गरे।

Prajesh Rajbanshi
Raj Shrestha


गुरुजीले आफ्ना विद्यार्थीहरूलाइ आफूले सिकाएको ज्ञान, संगीत शिक्षालाई जीवनमा अझ धेरै अगाडि लैजान भनी आशीर्वाद दिनुभएकाे थियाे।

What can be the best lesson in life except this from a guru?

साथै नयाँ गुरु ‘आशिष सन्त‘ ज्यू को स्वागत पनि निकै राम्रो सँग शिष्यहरू द्वारा भएको थियो।

विभिन्न वाद्य वादन बाजाई गुरुहरुले पनि आफ्नो प्रस्तुति शिष्यहरु माझ प्रस्तुत गर्नु भएको थियो।

Guruji

आफ्नो गुरुलाई मायाको चिनो स्वरूप विद्यार्थीहरूले हरेक कार्यक्रममा आफ्नो कला साथै संगीत प्रस्तुत गर्दा खिचिएका फोटो फ्रेमहरु दिएका थिए । फोटोमा बाधिएका यादहरू ताजा हुँदा र आफ्नो आमा सँगका फोटो गुरुले देखनुहुँदा निकै नै भावुक हुनु भएको थियो । सबै विद्यार्थीहरुपनि निकै भावुक भैसकेका थिए ।

Photo Frame

कार्यक्रममा सामना सत्यालले गुरुलाई गिफ्ट दिने क्रममा आफ्नो पिताको भन्दा पनि माथि दर्जा दिदाँ गुरुले भन्नु भएको थियो ,’ मेरो लागि गिफ्ट भन्दा नि ठूलो चिज तिम्ले मलाई पिताको दर्जा दियौ‘ भन्दा कार्यक्रममा रुवावासी सम्म हुन पुगेको थियो ।

सामना सत्याल र सुशान्त गुरूजी
Samana Satyal Sings for guruji

दहिया सरले कार्यक्रममा गुरुको मुखमा मुस्कान लेराउन र गुरुप्रतिको माया व्यक्त गर्दै भन्नुभएको थियाे ‘ मलाई तपाईं सँग एकतर्फी माया बस्यो‘ भन्नुहुँदा कार्यक्रममा निकै नै मनोरञ्जन थपिएको सबैलाई महसुस भएको थियो।

उक्त कार्यक्रममा इन्डियन एम्बेसी बाट गुरु सुशान्त चौधरी, डा. असावरी वापत, दहिया सर , योगा टिचर र आशिष सन्त गरुजी को उपस्थिती थियो भने शिष्यहरू : राज श्रेष्ठ, सामना सत्याल, सुनिल शर्मा, फिलिप चौधरी, प्राजेश राजवंशी, रुपेश झा, बलराम श्रेष्ठ, पुजा सिंह, रश्मी खनाल, रोमन तुलाधार, रौसन झा, रवि, अजय श्रेष्ठ, लक्ष्मी राना, अशेष लामा, शान्ती पाठक, अस्मिता भण्डारी, अञ्जली सुनाम र थुप्रै विद्यार्थीहरु उपस्थित थिए।

वोल्ड वाईड मिडिया नेटवर्कका चेएर पर्सन रामकृष्ठ श्रेष्ठ र इडिटर राज श्रेष्ठ को पनि कार्यक्रममा उपस्थिति थियो ।

उक्त कार्यक्रम वोल्ड वाईड मिडिया नेटवर्क अफिसमा सक्काएर सबैजना गुरुजी सँगै खाना खाएर गुरु मुहारमा कहिले नमेटिने मुस्कान दिएर कार्यक्रमको समाप्त गरेका थिए।

Dinner with Guruji

“गुरु ब्रह्मा है, गुरु विष्णु है, गुरु हि शंकर है;

गुरु हि साक्षात् परब्रह्म है; उन सद्गुरु को प्रणाम ।”

We will always Love You Susanta Guruji🙏

#worldwidekhabar

सुटमालाका सीईओ राज कार्की प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौं । प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा व्यवसायी सम्मानबाट कार्की सम्मानित भएका हुन् ।

नेपालभरीका टेलरिङ क्षेत्रको प्रतिनिधीत्व गर्दै कार्कीलाई सम्मानित गरिएको हो । राज कार्की नेपाली सिलाई उद्योगमा संघर्षरत र प्रेरणादायी युवा उद्यमी हुन् । जसले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढंगबाट अगाडी बढाईरहेका छन् ।

उनले बिगत ७ वर्षदेखी सञ्चालन गरिरहेको बागबजारस्थित सुटमाला आधुनिक, वातावरणमैत्री र नविनतम सोच बोकेको ब्राण्ड हो । कार्कीले टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र मात्र नभई उद्यमशिलताको एक स्कुलका रुपमा स्थापित गर्न चाहन्छन् । उनको विचारमा दर्जी व्यवसायले नाफा मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र नेतृत्व क्षमता विकासको मान्यतालाई आगाडी सारेको छ ।   स्वदेशमा नै लगानी सुनिश्चित गरी उद्यमशिलताको प्रवद्र्धन गर्ने तथा मुलुकमा रोजगारी सिर्जनामार्फत स्वाधिन आत्मनिर्भर, उन्नतशील, समुन्नत र सम्बृद्धि अर्थतन्त्र निर्माणका लागि पुर्याएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै युवा व्यवसायी सम्मान प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा कार्की लगायत अन्य दस जना विभिन्न क्षेत्रका व्यवसायीहरु सम्मानित भएका हुन् । स्वदेशमा लगानी, उद्यमशिलता प्रवद्र्धन र रोजगारी सिर्जनामा अतुलनीय योगदानको कदरस्वरुप उक्त सम्मान प्रदान गरिएको हो । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागले कार्यक्रमको आयोजना गरेको हो । विभागका प्रमुख कुवेर अधिकारीले स्वदेशमा रहेर लगानी तथा उद्यमशिलतामा सक्रि युवाहरुलाई थप उर्जा प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित उद्यमीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे । ‘मिहिनेत र लगनशिलताले मानिसलाई सफलता दिन्छ ।’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘काम र अनुभवले मानिसले नेतृत्वमा पुर्याउँछ ।’

दिपेन्द्र केशर र शर्मिला पण्डितको ‘छ माया छपक्कै’(भिडियो)

काठमाडौं ।  गायक रामकृष्ण ढकाल तथा गायिका तृप्ति खड्का गुरुङ्गको युगल स्वरमा ‘छ माया छपक्कै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिपेन्द्र केशर पण्डित तथा शर्मिला पण्डितको निर्माणमा तयार भएको भिडियोको गीतको शव्द ज्ञानेन्द्र क्षेत्री तथा संगीत गायिका स्वयं तृप्तिले गरेकी हुन । सारेगम स्टुडियोमा तयार गरिएको गीतको एरेन्ज,मिक्सिङ्ग तथा मास्टरिङ्ग नरेश पाण्डेले गरेका थिए ।

विजय गुरुङ्गको निर्देशनमा तयार भएको भिडियोमा फिचर्ड स्वयं निर्देशक गुरुङ्ग र मोडल मिस पवि रहेका छन । कुलेखानीको रमणीय दृश्यहरु समेटिएको भिडियोलाई छायांकार प्रकाश खड्का तथा उनको टिमले छायांकन गरेका छन । भने भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका हुन । गीतको भिडियो तृप्ति खड्का गुरुङ्गको आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काभ्रेको बनेपामा ‘सिनेपाः’ नामक इन्डोर फिल्म स्टुडियो निर्माण सुरु भएको औपचारिक घोषणा गरे।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा स्टुडियो निर्माणको शिलापत्र अनावरण गर्दै ओलीले ‘आजको दिन नेपाली सिनेमा क्षेत्रको युग परिवर्तनको संकेत’ भएको बताए। “अब हाम्रो सिनेमा घरभित्रै निर्माण हुन्छ, त्यो पनि अत्याधुनिक संरचनाभित्र,” उनले भने।

बनेपा नगरपालिका–१० र १३ को ४१ रोपनी जग्गामा बन्ने स्टुडियो सन् २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ३९ करोड रुपैयाँ अनुमानित लागतको यो परियोजनाले नेपाली फिल्म उद्योगलाई ‘सस्टेनेबल’ बनाउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीले डबिङ, गायन र प्रविधिसम्बन्धी अन्य युनिटहरू पनि स्टुडियोमा समेटिनुपर्ने सुझाव दिए। उनले अघिल्लो कार्यकालमा दोलखामा फिल्म नगरी र पालुङटारमा स्टुडियो निर्माणको प्रस्ताव गरे पनि ‘कलाकारकै असहमतिको कारण’ त्यसले मूर्त रूप लिन नसकेको उल्लेख गरे।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फिल्म क्षेत्रका कानुनी सुधार प्रक्रियाबारे जानकारी दिए। उनले चलचित्र ऐन, मिडिया काउन्सिल र सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्मा पुगेको उल्लेख गर्दै पुराना कानुनलाई समयसापेक्ष बनाउन सरकार प्रतिवद्ध रहेको बताए।

पूर्वमन्त्री तथा सांसद गोकुल बास्कोटाले स्टुडियोका लागि जग्गा उपलब्ध गराएको जानकारी गराउँदै स्थानीय जनप्रतिनिधिहरूको भूमिका सराहे। निर्देशक नीर शाहले प्रविधिमा आधारित, बहुउद्देश्यीय स्टुडियो बनाउने सुझाव दिए। चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसीले आगामी साताबाट ‘रियल टाइम बक्स अफिस’ सुरु हुने जनाउँदै, “सकारात्मक सोचले असम्भव पनि सम्भव हुन्छ” भने।

नेपाली फिल्म क्षेत्रले लामो समयपछि ‘सपना देख्ने हैसियत’ बनाएको भन्दै निर्माण प्रक्रिया ठोस रूप लिनु आफैंमा उल्लेखनीय मानिएको छ। तर अब प्रश्न, यो स्टुडियोले नेपाली फिल्मलाई कहाँ पुर्‍याउला?

चलचित्र विकास वोर्ड अन्तर्गत कल्याणकारी कोषबाट बिरामी चलचित्रकर्मी र मृतकका परिवारलाई आर्थीक सहयोग

काठमाडाैँ – चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याण कोषले बिरामी चलचित्रकर्मी र अकालमा मृत्यु भएका चलचित्रकर्मीका परिवारलाई आर्थीक रुपमा सहयोग गरेको छ। नेपालको चलचित्र क्षेत्रमा योगदान पुर्याएका चलचित्रकर्मीहरुलाई चलचित्र कल्याण कोषले बैशाख १९ गते घर घरमा गएर सहयोग गरेको हो।

चलचित्र कलाकार गोकुल सुवेदीलाई ४० हजार, चलचित्र प्राविधिक कृष्ण प्रसाद तिमल्सिनाको परिवारलाई ५० हजार, चलचित्र प्राविधिक तथा छायांकार उमेश श्रेष्ठ र चलचित्र निर्देशक सन्तोष ढकाललाई १ लाँख रुपैँया सहयोग गरेको चलचित्र विकास बोर्डका अध्ययक्ष दिनेश डि.सीले जानकारी दिए।

उनका अनुसार मृतक चलचित्र प्राविधिक कृष्ण प्रसाद तिमल्सिनाको परिवारलाई काजक्रिया खर्च घरमा गई हस्तान्तरण गरेको हो। उनले भने,’ हामीले चलचित्र प्राविधिक तथा छायांकार उमेश श्रेष्ठलाई पनि घरमा नै गएर दियौँ र उपचारको क्रममा रहनुभएका चलचित्र निर्देशक सन्तोष ढकाललाई अस्पतालमा उपस्थित भई दिएका हौँ। यसरी आफ्नो क्षेत्रका सहकर्मीहरुलाई सहयोग गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ।’  सो वितरणका लागि चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ अभिनेत्री एवं चलचित्र कलाकार संघका संरक्षक वसुन्धारा भुषाल तथा चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाको उपस्थिती रहेको थियो ।

आउदो शुक्रबार कमल ढकाल अभिनित ‘जय श्रीराम’ भजनको भिडियो सार्वजनिक हुदै

पोखरा। आध्यात्मिक यात्रा र भक्ति भावनाले भरिएको “जय श्रीराम” भजनको भिडियो यही शुक्रबार पोखराको गण्डकी कोटिहोमबाट विशेष समारोहसहित सार्वजनिक गरिने भएको छ। भजनलाई “विष्णुमाया पौडेल” युट्युब च्यानलमार्फत विश्वभर प्रसारण गरिनेछ, जसले श्रद्धालुहरूको हृदयमा शान्ति, समर्पण र भक्ति भावनाको गहिरो संचार गर्ने विश्वास निर्माण पक्षले लिएको छ।

आरबी केसीको शब्द/संगीत एबम निर्देशनमा आधारित यो भजन केवल एक गीत होइन, शाश्वत प्रेम, अडान र समर्पणको भावनाले ओतप्रोत आध्यात्मिक अभिव्यक्ति हो।
भजनको सुरुवात “हरपल लिन्छु प्रभुकै नाम, हृदयमा बास छ सिताराम” भन्ने भावपूर्ण हरफबाट हुन्छ, जसले प्रेम, शान्ति र पवित्र मार्गतर्फ सबैलाई निमन्त्रणा दिन्छ।

मुख्य स्वरमा विष्णुमाया पौडेल र शेरबहादुर विसीले आत्मस्पर्शी गायन प्रस्तुत गरेका छन्। हेमन्त भट्टराई, आरबी केसी, र स्वयं गायक/गायिकाहरूको कोरसले यसलाई दिव्य बनाएको छ। गायक/गायिकाहरूले केवल आवाज मात्र होइन, भिडियोमा पनि जीवन्त अभिनयमार्फत आफ्ना भावना अभिव्यक्त गरेका छन्, जसले भजनको दृश्यात्मक प्रभावलाई अझ प्रभावशाली बनाएको छ। पिक स्टुडियोमा रेकर्ड गरिएको यो भजन शुद्धता र श्रद्धाको प्रतीक भएको बताइएको छ।

भिडियोमा कमल ढकाल मुख्य पात्रको भूमिकामा देखिएका छन्, जसको अभिनयले काठमाडौंका मेयरजस्तै ऊर्जावान र प्रेरणादायी प्रभाव पार्ने विश्वास निर्माण पक्षले लिएको छ। उनका दृश्यहरू प्रत्येक दर्शकको मनमा गहिरो छाप छोड्ने छन्।

पोखरा, काठमाडौं, र जनकपुरका आध्यात्मिक स्थलहरूमा रेड क्यामराले तीन दिनसम्म छायांकन गरेको भिडियो टेकेन्द्र शाहको सम्पादन र एसके श्रेष्ठको कोरियोग्राफीमा तयार पारिएको हो। यसमा पवित्रता र भक्ति भावनाको जीवन्त अनुभूति गराइन्छ।

भजनको अडियो केही दिनअघि गण्डकी कोटिहोमबाटै सार्वजनिक गरिएको थियो। अडियो विमोचन विजय कृष्ण मूर्ति महाराज र श्रीमद्भागवत अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाबाट गरिएको थियो। उनीहरूले दिएका आध्यात्मिक आशिष र सन्देशले भजनलाई झन् गहिरो बनाएको छ। ती दृश्यहरू पनि भिडियोमा समावेश गरिएको छ।

शुक्रबार हुने सार्वजनिक कार्यक्रममा गीतकार/संगीतकार एबम निर्देशक , गायक/गायिका, कलाकारहरू, सञ्चारकर्मी, धर्मप्रेमी तथा भक्तजनहरूको भव्य उपस्थिति रहने अपेक्षा गरिएको छ। भजनको विमोचनले श्रीरामप्रतिको भक्ति, प्रेम र समर्पणको उचाइलाई छुन सक्ने विश्वास लिइएको छ।

निर्माण पक्षका अनुसार, यो भजन हालसम्मकै सबैभन्दा उच्च बजेटमा निर्माण गरिएको नेपाली भजन हो। यो गीत केवल संगीतको माध्यम होइन, श्रीरामप्रतिको प्रेम, समर्पण र आध्यात्मिकताको गहिरो संगम हो, जसले प्रत्येक श्रोता-दर्शकको हृदयमा शुद्धता र शान्तिको ऊर्जा प्रवाहित गर्नेछ।

रिन्कुको निर्देशनमा मदनकृष्णको ‘मनमा पापको ‘प’ पनि’(भिडियो)

मदन कृष्ण श्रेष्ठको ‘मनमा पापको ‘प’ पनि’ बोलको गीतको म्यूजिक सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रेष्ठको ७५ औं जन्मदिनको अवसर पारेर उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

म्यूजिक र शब्द मदन कृष्ण श्रेष्ठ आफैको रहेको गीतमा यमन श्रेष्ठ र मदन कृष्ण श्रेष्ठ आफैले आवाज दिएका छन् ।

साथै अभिनय पनि बाबु छोराले नै गरेका छन्  । भिडियोको निर्देशन मदनकृष्ण श्रेष्ठकै बुहारी  रिंकु बज्राचार्य श्रेष्ठले गरेकी छन् । श्रेष्ठ परिवार नै गीत संगीतमा सक्रिय रहेका छन ।

मदनकृष्णका छोरी सराना श्रेष्ठ पनि कुशल गायिका एवं निर्देशक हुन ।

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै

अस्ट्रेलिया –  हिमाली कल्चरग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस नेपाल अस्ट्रेलिया ” आयोजना गर्ने घोषणा भएको छ ।

उक्त कार्यक्रमको लागि आवेदन पनि खुल्ला भइसकेको छ । विबाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि हिमाली कल्चरग्रुप मेलवर्नले यो कार्यक्रम पहिलो पटक गर्न लागेको हो ।

महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउनका साथै नेपालको पर्यटनक्षेत्रमा सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो ।

विगत दश वर्ष देखि अस्टेलियामा रहेर नेपाल र नेपाली समाजको लागि विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको हिमाली कल्चरग्रुपले यस वर्ष देखि निरन्तर रुपमा इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा यो प्रतियोगितात्मक कार्यक्रम गर्न लागेको हो । यो कार्यक्रममा नेपालबाट अस्टेलिया आएर अस्ट्रेलिया भर विभिन्न पेशा व्यवसायीको रुपमा काम गरि रहनु भएका विबाहीत महिलाहरु सहभागी हुन पाउनु हुनेछ ।

यस कार्यक्रममा ३० जना प्रतियोगी समावेश गराइने छ ।  उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन,टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण, हिड्न बोल्न साथै प्रश्न उत्तर सिकाइने छ ।

स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण गर्नु हुनेछ । साथै नेपालमा विगत १६ बर्षदेखि निरन्तरुपमा विभिन्न कार्यक्रमहरु सन्चालन तथा आयोजना गर्दै आइ रहेको सिजन मिडियाले व्यवस्थापन गर्ने छ । उक्त कार्यक्रममा नेपाली कलाकार, पत्रकार ,समाज सेवी तथा विशिष्ट व्यक्तिहरुको सहभागी रहने छ ।

प्रतियोगिताका विजेताहरुले “मिसेस नेपाल अस्ट्रेलिया २०२५”को उपाधी सहित नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारको लागि ब्राण्ड एम्बेसडर, साथै नेपाल भ्रमणको गिफ्ट प्याकेज साथै अन्य २ जना विजेताहरुलाई बालि भ्रमणको लागि हवाई टिकटहरु प्रदान गरिने छ भने लेटमिइन कोरीयन स्कीन हस्पिटल नेपालको तर्फवाट ५० हजार बराबरको गिफ्ट भौचर प्रदान गरिने छ ।

यस बाहेक अन्य उपहारहरु पनि प्रदान गरिने छ साथै अन्य विभिन्न १५ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेतालाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराइने छ ।

Guinness World Record Holder ‘Rajendra Luitel (Raj)’ has won the ‘Best Music Video Director award’ of the year

Kathmandu. Media personality and world-renowned music video director Rajendra Luitel (Raj) has won the Best Music Video Director award of the year at a grand ceremony held in Nepal.

World-renowned director & Guinness World Record Holder  Rajendra Luitel was presented with the award for the music video of the song Maya Marau at a grand ceremony held at the Nepal Tourism Board at Bhrikuti Mandap in the capital. At the grand ceremony of the 9th National Capital Awards, he received the award from former Chief Minister of Bagmati Province and member of the House of Representatives Rajendra Pandey, former Minister of Bagmati Province and state MP Dipendra Shrestha, and senior artist Shivahari Nepal Bairagi.

Rajendra Luitel who managed to make his name in the Guinness Book of World Records by producing the highest music video, was honored with the Dadasaheb Phalke Indian Television Award in Mumbai, India, a few months ago. Indian news media reported that he was honored with the Dadasaheb Phalke Award in recognition of his contribution to the expansion and development of Nepal-India diplomatic relations through journalism for nearly two decades, as he worked in various media outlets.

Rajendra Luitel , who recently won the Best Video Director award for the video of the same song at the ‘Genius Music Awards’ held in Nepal and the ‘Himalayan International Awards’ held in Thailand, is also busy with video production recently.

                                                                   Rajendra luitel

Rajendra Luitel, who is associated with the media through print journalism, is currently the head of Rashtrakhabar.com, Rastrakhabar Patrika and Pageant Nepal. Rajendra Luitel, who is also the Vice President of the Event Management Association Nepal, has been honored many times by world-renowned organizations including Guinness World Records, America World Records of Books, European World Records, British World Records of Books, Dr. APJ Abdul Kalam Service Award in India, International Youth Icon Award India, Mahatma Gandhi International Award India, International Peace Award, India, Indo Nepal Journalism Award, and many more.

He is the Managing Director of Fair Express Magazine and is known as a successful Event manager in Nepal.

गायिका पुजनलाई ‘चुपचाप’बाट सर्वोत्कृष्ट महिला गायनको अवार्ड

काठमाडौं । गायिका पुजन काफ्लेलाई यो वर्षको नवौं नेशनल क्यापिटल अवार्डमा ‘सर्वोत्कृष्ट महिला आधुनिक गायन’को अवार्ड प्रदान गरिएको छ ।

राजधानीको नेपाल पर्यटन बोर्डमा आयोजित उक्त समारोहमा गायिका काफ्लेलाई ‘चुपचाप’ बोलको गीतबाट उक्त अवार्ड प्रदान गरिएको मूल आयोजक समितिले जनाएको छ ।

समारोहका विशिष्ठ अतिथीद्धय पूर्व मुख्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डे,पूर्व मन्त्री एवं बागमती प्रदेश सदस्य दिपेन्द्र श्रेष्ठ तथा चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल ‘वैरागी’ले सो विधाको अवार्ड प्रदान गरेका थिए ।

पुरुष गायक तर्फबाट हिमाल सागरले उक्त अवार्ड हात पार्न सफल भएका थिए ।
केहि समय अघि मात्र पनि थाईलैण्डको बैंककमा भव्य समारोहका वीच हिमालयन ईन्टरनेशनल अवार्डमा सोही गीतबाट उत्कृष्ट गायिकाको अवार्ड जित्न सफल गायिका काफ्ले शिक्षाकर्मी संगै गायनमा समेत व्यस्त रहदै आएकी छिन ।

गायिका तृप्तिलाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘सर्वोत्कृष्ट गायन’को अवार्ड

काठमाडौं । लोकप्रिय गायिका तृप्ति खड्का गुरुङ्गले यो वर्षको नवौं नेशनल क्यापिटल अवार्डमा सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भएकी छिन ।

राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित उक्त विशेष समारोहमा उनले गाएको ‘तिम्रो झझल्को ‘बोलको गीतबाट सर्वोत्कृष्ट महिला गायनबाट अवार्ड हात पारेकी हुन । पुरुष गायक तर्फबाट हिमाल सागरले उक्त अवार्ड हात पार्न सफल भएका थिए ।

एघार लाख भन्दा वढि पटक हेरिएको उक्त गीतको भिडियो २०८१ साल हरि उफ्रेती अफिसियल युटुयूब च्यानलबाट सार्वजनिक गरिएको थियो ।

समारोहका विशिष्ठ अतिथीद्धय पूर्व मुख्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डे,पूर्व मन्त्री एवं बागमती प्रदेश सदस्य दिपेन्द्र श्रेष्ठ तथा चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल ‘वैरागी’ले गायिका तृप्तिलाई सो विधाको अवार्ड प्रदान गरेका थिए ।

डेढ दशक भन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका तृप्तिका करिब ५०० भन्दा वढि गीतहरु बजारमा सार्वजनिक भएका छन । संगीत समेत स्वयं गर्ने गायिका तृप्तिले स्टेज शो लगायत देश विदेशका विभिन्न समारोहमा करिब एक हजार भन्दा वढि पटक आफ्नो आकर्षक प्रस्तुती दिईसकेकी छिन ।

उनको पहिलो गित लोक पप‘ बैशले मातिए’ गितले चर्चा पाए पश्चात स्टेज शोहरुमा व्यस्त हुन थालेकी हुन ।

विभिन्न विधामा अवार्ड हात पार्दै आएकी तृप्तिको जादुमय स्वरले लाखौ दर्शक श्रोताको मन जित्दै आईरहको छ । सारेगम स्टुडियोकी संचालक समेत रहेकी तृप्तिका थुप्रै गीतहरु दर्शक श्रोताको मनमस्तिष्कमा बस्न सफल छन ।

हिजो मात्र उनको नयां गीत ‘तिम्रो धड्कन’ आफ्नै युटुयूब च्यानलबाट सार्वजनिक गरिएको छ ।