काठमाडौं । नेपाली चलचित्रको पहिलो नेपाली महिला संगीतकार रेखा पौडेलको स्वर तथा रचनामा सजिएको म्युजिक भिडियो ” नाचन च्याङबा” सार्बजनिक भएको छ। उक्त गितमा स्वर तथा संगीत पौडेलकै रहेका छन भने शब्द तथा निर्देशन समीर लामाको गरेका छन ।
चर्चित हास्य टेलिसिरियल सक्किगोनिका कलाकार तथा मोडेल सागर लम्साल ,बले,र सोही सिरियलका कलाकार सुस्मिता कुवर छोटिको दमदार प्रस्तुति रहेको गित, छायांकन भने रेशम दर्लामिले गरेका छन । तामाङ सेलो भए पनि पछिल्लो समय सेलो गितले बजारमा राम्रो छाप छोडेको हुँदा गितले दर्सक स्रोताको मन जित्नेमा ढुक्क देखिन्छ्न गायिका तथा संगीतकार पौडेल।
मोडेल तथा कलाकार लम्साल भन्छन् ‘गित राम्रो छ जतिसक्दो राम्रो भिडियो बनाउने कोसिस गरेकाछौ जे होस तामाङ सेलो गितमा मेरो पहिलो प्रस्तुति भए पनि गित अनुसारको भिडियो बनाएका छौ बाकी दर्सकहरको हातमा छ । ‘
मोडेल तथा कलाकार सुस्मिता कुवरको पनि लम्सालकै बोलिलाइ समर्थन गर्दै गितमा बेस्ट दिन खोजेकी छु तामाङ समुदायले मात्रै नभै सिङ्गो नेपालिले हाम्रो गितलाइ मन पराउनेमा ढुक्क देखिन्छन् ।
निर्देशक तथा शब्दकार लामाका अनुसार तामाङ सेलो गित सबै समुदायले मन पराउने भएको हुँदा गितलाइ विशेष प्राथमिकता का साथ राम्रो बनाउन खोजेको र एस्तो खालको गितले मार्केट लिन सक्ने लामाले बताए । नृत्य निर्देशनको जिम्मा पाएका दिनेश पाख्रीनले गित चल्नेमा आफू दुई मत नरहेको बताउछन । गित भने OSR डिजिटल बाट आइसकेको छ।
पोखरामा मंसिर ९ देखि पुस १७ (२४ डिसेम्बर २०२४ देखि १ जनवरी २०२५) सम्म “बालून नेपाल, इन्टरनेशनल बलून फेस्टिभल २०२४” आयोजना हुँदैछ। नेपालको पहिलो अन्तर्राष्ट्रिय हवाई बेलुन महोत्सवलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा लिइएको छ।
यहाँ १० लाखभन्दा बढी आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटक सहभागी हुनेछन्। यस महोत्सवले १ लाख ५० हजारभन्दा बढी दर्शक आकर्षित गर्ने अपेक्षा गरिएको छ, जसमा स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटक, ५०० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि, ४०+ पाइलट, ३०+ बेलुन, १० भन्दा बढी कलाकार, र २००+ स्टल समावेश छन्।
विशेष आकर्षणहरू:
सूर्योदय र सूर्यास्त बेलुन उडान: पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँहरूको सुन्दर दृश्य।
आगो खेल (Fireworks): उद्घाटन, क्रिसमस इभ, नयाँ वर्षको इभ, र समापन समारोहमा।
प्रत्यक्ष कन्सर्ट: दीपक बज्राचार्य लगायतका कलाकारद्वारा सांगीतिक प्रस्तुति।
डिजे सेट: रातभर नाचगान।
बेलुन दौड र खेलकुद: रमाइला प्रतियोगिता।
स्थानीय तथा अन्तर्राष्ट्रिय प्रदर्शनी स्टल र फूड कोर्ट: हस्तकलादेखि स्वादिष्ट खाना।
परिवारका लागि गतिविधि: टेदर्ड बेलुनिङ र नाइट क्याम्पिङ।
विशेष सहजीकरण:
नि:शुल्क प्रवेश, शटल बस, फ्लाइट, र खेलहरू।
ब्रान्ड एम्बासडर: राजेश हमाल र प्रियंका कार्की।
पोखरा न्यू इयर स्ट्रिट फेस्टिभलसँग समन्वय गरिएको यस महोत्सवले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रका रूपमा चिनाउनेछ। गीता एभिएसनले बालून नेपालसँग सहकार्य गर्दै आधिकारिक इभेन्ट पार्टनरको रूपमा साथ दिएको छ।
मङ्सिर २६ गते – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनमा फोटो प्रर्दशनी आयोजना गरेको छ। चीनको विन्जाओ फोटोग्राफर एसोसीयसन ,चिनिया पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल चीन मैत्री संघको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल ( सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनीमा आयोजना गरीएको हो । उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न मिडियामा काम गरिरहेका फोटोपत्रकारले खिचेका मनमोहक पर्यटनक्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिव १०० तस्वीरहरु सान्तोङ प्रान्तका विभिन्न शहरहरूमा एक महिनासम्म प्रर्दशनीमा राखिने छ ।
सो प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली उक्त प्रर्दशनीका लागि चीनको सान्तोङ प्रान्त आइपुगेको हो । उक्त कार्यक्रम सान्तोङ प्रोभिन्सका पूर्व उप प्रचारमन्त्री ह्वाङ्जी चुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)र विन्जाओ फोटोग्राफर एसोसीयसनबीच सांस्कृतिक तथा ब्यवसायीक फोटोग्राफी सहकार्य गर्ने सम्झौता आदनप्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै विन्जाओका परराष्ट्रमामिला निर्देशक पाइमिइले फोटोग्राफी मार्फत नेपाल चीनको मैत्री सम्बन्ध बलियो बनाउनुका साथै चीनको वान बेल्ट वान रोडको अवधारणालाई पनि सहयोग पुग्ने बताउनु भयो । एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण सान्तोङ प्रान्तमा नेपालको मनमोहक फोटोहरू प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताउँदै फोटो प्रदर्शनीका माध्यमबाट दुई देशबिचको सम्बन्ध थप सुमधुर बन्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
काठमाडौं । गायिका सुमी पराजुलीको नयां गीतको भिडियो सार्वजनिक भएको छ ।
गायिका पराजुली तथा गायक प्रताप दासको स्वरमा रहेको ‘माया गर्ने तरीका’.. बोलको गीतको भिडियो गायिका स्वयंकै युट्यूब च्यानल सुमी पराजुली ‘SUMI PARAJULI’ बाट सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको रचना र संगीतमा तयार भएको गीतको भिडियोलाई मुस्कान ढकालले निर्देशन गरेका हुन ।
रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाई तथा सम्पादन विकास दाहालले गरेका हुन ।
मोडल कविता नेपाली तथा मोडल रमेश विश्वकर्मा फिचर्ड भिडियोलाई दर्शक श्रोताले रुचाउनेमा आफु विश्वस्त रहेको गायिका पराजुलीले बताईन ।
चुम्मा चपक्कै, सोल्टी, लुकामारी जस्ता लोकप्रिय गीतहरु गाईसकेकी गायिका पराजुलीले थुप्रै गीतहरु दर्शक श्रोता समक्ष प्रस्तुत गरिसकेका छिन ।
नेपालगंजमा फेसियल हाउसले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
नेपालगंज शाखाको उद्घाटन नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी संचालिका सुष्मा महराले संयुक्त रूपमा गरेका हुन् ।
नेपालकै नम्बर १ ब्यूटी सैलुनको रूपमा परिचित फेसियल हाउसले उत्कृष्ट सेवा र आधुनिक प्रविधि प्रयोग गरी सौन्दर्य प्रेमीहरूको विश्वास जित्दै आएको छ । देशभर शाखा विस्तार गर्ने योजना अनुसार यो नयाँ शाखा खोलिएको फेसियल हाउसका संचालक महराले जानकारी गराईन् ।
काठमाडौंमा मुख्य कार्यालय रहेको फेसियल हाउसले पोखरा, चितवन, धनगढी,सुर्खेत लगायतको शहरहरुमा शाखा विस्तार गरी सकेको छ ।
यो शाखा विस्तारले नेपालगंजका स्थानीय ग्राहकहरूलाई विश्वस्तरीय फेसियल, स्किनकेयर, हेयरस्टाइलिङ, र सौन्दर्यसम्बन्धी अन्य सेवाहरू सजिलै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
फेसियल हाउसकी संचालिका सुष्मा महराले यस नयाँ शाखाले सौन्दर्य सेवाको पहुँचलाई थप सुलभ बनाउँदै नेपाली सौन्दर्य उद्योगमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन् । त्यस्तै, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले फेसियल हाउसजस्तो प्रतिष्ठित ब्रान्डले नेपालगञ्जमा सेवा दिन थालेपछि यहाँको व्यवसायिक र सांस्कृतिक वातावरणलाई थप उत्साहजनक बनाउन सहयोग पु¥याउने बताए ।
नेपालगञ्ज शाखा सबिना बुडाऐर र रितेश भुजेलले ल्याएका हुन् ।
बुडाऐर र भुजेलले ग्राहकहरूको सन्तुष्टि र गुणस्तरीय सेवा सुनिश्चित गर्दै फेसियल हाउसको प्रतिष्ठा कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।
थाईलैण्ड । प्रख्यात नेपाली हस्पिटालिटी एक्सपर्ट तथा प्रशिक्षक विलास खत्रीले बैंककमा भएको एशिया शिक्षा सम्मेलनमा आयोजित ‘एशिया एजुकेशन अवार्ड’मा प्रतिष्ठित ‘कर्पोरेट ट्रेनर अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । अवार्ड समारोह विलासी होटल अमरीमा भएको थियो, जहाँ खत्रीलाई कर्पोरेट प्रशिक्षण क्षेत्रमा उत्कृष्ट योगदान र आतिथ्य उद्योगमा उनको परिवर्तनकारी प्रभावको लागि सम्मान गरिएको थियो।
कर्पोरेट ट्रेनर अफ द इयरको रूपमा खत्रीको मान्यताले कर्पोरेट शिक्षा र विकासमा उनको व्यापक विशेषज्ञता र प्रभावशाली भूमिकालाई झल्काउँछ। हाल हयात रिजेन्सी, नेपालमा लर्निङ एण्ड डेभलपमेन्ट म्यानेजरको रूपमा सेवा गर्दै आएका खत्रीले ३० वर्षभन्दा बढी समय हस्पिटालिटी क्षेत्रमा समर्पित गर्दै नेपाल भित्र र अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याएका छन्। प्रशिक्षण र सार्वजनिक भाषणमा उनको नेतृत्वले आतिथ्यदेखि शिक्षा र बाहिरका उद्योगहरूमा असंख्य पेशेवरहरूलाई प्रेरित गरेको छ।
एशिया एजुकेशन कन्क्लेभ, एक विश्वव्यापी समावेशी प्लेटफर्म, एशिया, भारतीय उपमहाद्वीप र मध्य पूर्वमा शिक्षा क्षेत्रमा आविष्कार गर्न, सहकार्य गर्न र प्रगति गर्न शिक्षामा अग्रणी व्यक्तित्वहरूलाई एकसाथ ल्याउँछ। उच्च-प्रभाव सम्मेलनहरू, पुरस्कार समारोहहरू, र नेटवर्किङ कार्यक्रमहरू आयोजना गर्नका लागि परिचित, कन्क्लेभले शिक्षामा सार्थक मार्ग अगाडि बढाउन शिक्षकहरू, प्रशासकहरू, सल्लाहकारहरू, र प्राविधिक विशेषज्ञहरूलाई ठाउँ प्रदान गर्दछ।
यो सम्मान पाएको प्रतिक्रियामा खत्रीले कृतज्ञता व्यक्त गर्दै भने, ‘यस्तो प्रतिष्ठित कार्यक्रममा सम्मानित हुन पाउनु गौरवको कुरा हो । यो अवार्डले कर्पोरेट तालिम बढाउने र नेपाल र बाहिरका हस्पिटालिटी उद्योगको विकासमा निरन्तर योगदान पु¥याउने मेरो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ ।”
एसिया एजुकेशन कन्क्लेभमा खत्रीको अवार्ड नेपालको हस्पिटालिटी क्षेत्रका लागि महत्वपूर्ण कोसेढुङ्गा हो, जसले विश्वव्यापी कर्पोरेट प्रशिक्षण र शैक्षिक नेतृत्वमा देशको उदीयमान प्रभाव देखाउँछ।
नयाँ बानेश्वरको छक्कुबक्कुमार्गमा इनस्टाइल ब्युटी हब खुलेको छ । नायिका रेखा थापाले सोमबार सलोनको उद्घाटन गरेकी छिन् । दुबईमा एक दशक भन्दा बढी समय काम गरेर फर्किएकी लक्ष्मी तामाङले यस सलोनलाई सञ्चालनमा ल्याएकी हुन् । महिला र पुरुष दुबैका लागि लक्षित गर्दै खुलेको इनस्टाइल ब्युटी हबका निर्देशक इन्द्र तामाङ र राज कार्की रहेका छन् । सञ्चालक तामाङले लामो समय विदेशमा बस्दा सिकेका ज्ञान, सीपको स्वदेशमा उपयोग गर्ने बताईन् । उनले मेकअपबारे बिभिन्न अन्तर्राष्ट्रिय स्तरका तालिम पनि लिएकी छिन् ।
इनस्टाइल ब्युटी हबले आफ्ना सेवाहरुमा २५ प्रतिशत छुटको अफर ल्याएको छ । यस्तै मेकअप सम्बन्धि तालिमबारे ५० प्रतिशतसम्म छुट हुने घोषणा गरेको छ । यसैगरी वार्षिक रुपमा ५ जनालाई निःशुल्क छात्रबृत्ति दिईने सञ्चालक तामाङले बताईन् । ‘इनस्टाइल ब्युटी हबले विदेशकै गुणस्तर र सेवा प्रदान गर्नेछ ।’ तामाङले भनिन्, ‘हामीले प्रयोग गर्ने सामान अन्तर्राष्ट्रिय ब्राण्डका हुनेछन् ।’ हाल यस सलोनले ७ जनालाई रोजगारी प्रदान गरेको छ ।
इनस्टाइल ब्युटी हबको उद्घाटन समारोहमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेती, प्रशासन, योजना तथा अनुगमन शाखाका निर्देशक टिकाराम ढकाल, कल्याण, पुर्नस्थापना तथा सञ्चार शाखाका निर्देशक सुशील प्रसाद आचार्य, माला ब्युटि असेसर्स एशोसियसन नेपालका अध्यक्ष बिमला रिजालको उपस्थिीति रहेको थियो ।
इनस्टाइल ब्युटी हबको उद्घाटनमा नायिका रेखा थापासँगै ‘मिसेज नेपाल वल्र्ड २०२४’ की विजेता डाक्टर डेनिला कार्की, मिसेज नेपाल इन्टरनेसनल सुयशा राउत, एमएस नेपाल इन्टरनेसनल रेश्मा घिमिरे लगायतको उपस्थिति थियो । ‘मेकअपले मानिसलाई थप ऊर्जा दिन्छ ।’ सञ्चारकर्मीसँग रेखाले भनिन्, ‘पछिल्लो समय महिलाहरु सुन्दरताका बारेमा अझ सचेत भएका छन् ।’
कार्यक्रममा ‘मिसेज नेपाल वल्र्ड’ का आयोजक निशु झा, अश्विन झा लगायत नायिक गजित बिष्ट, निर्देशक सौगात बिष्ट तथा कलाकार सुबोध गौतम, कुमार कार्कीको उपस्थिीति रहेको थियो ।
काठमाडौं । ‘सिजल एण्ड सिस्टर फाउण्डेसन’ एक पछि अर्को सामाजिक कार्यहरु र गरिव दुखीहरुको सेवामा निरन्तर लागि पर्दै आएको छ । न्यानो कपडा वितरणलाई निरन्तरता दिदै यो साता पनि गत साउन १०,११ र १२ गतेको अविरल वर्षातका कारण सिन्धुपाल्चोक जिल्लाका ३ स्थानीय तह बलेफी गाउपालिका, जुगल गाउपालिका तथा भोटेकोशी गाउपालिकामा पीडित बनेकाहरु र मृतक परिवारलाई सहयोग गरेको छ ।
अमेरिकी संस्था सिजल एण्ड सिस्टर फाउन्डेसनले बाढी पहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत बलेफी गाउँपालिका , भोटेकोशी गाउँपालिका , जुगल गाउँपालिका र सुनकोशी गाउँपालिकाकाबाढी पीडित तथा अतिविपन्न परिवारलाई बढ्दै गएको जाडोलाई लक्षित गर्दै प्रत्येक परिवारलाई एकएक वटा ब्ल्याङ्केट तथा मृतक परिवारलाई जनही दश हजारका दरले तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्यो ।
संस्थाले यस अघि पनि रोसी गाउँपालिकाका वडा ९, १० र ११ वडाका बाढी पीडितलाई २५० भन्दा बढी बलाङ्केट मृतक परिवारलाई १० हजारका दरले तथा सम्पूर्ण घर क्षति भएको परिवारलाई जनही ५००० का दरले प्रदान गरिएको थियो । गीतकार कार्यक्रम प्रस्तोता तथा संयोजक समिर लामाकोको समयोजकत्वमा वितरण गरिएको थियो ।
यस राहत कार्यक्रममा १५० भन्दा बढी परिवारलाई वितरण गरियो । हरेक दुःखी पीडितको घाउमा मलमपट्टी लगाउने उद्देश्य अनुसार हामीले विभिन्न चरणमा राहतको कार्यक्रम गरिरहेका छौं , भने समाज कल्याणको थप अनुमति पश्चात अन्य विभिन्न ठूलाठूला राहत कार्यक्रम गरिने यस संस्थाका नेपाल अध्यक्ष सन्जित भण्डारीले बताउनुभयो ।
यसअघि पनि नेपालका विभिन्न जिल्लाका विपन्न स्कुलमा स्कुल सामग्री तथा पोशाक वितरण मेलम्ची बाढी पीडितलाई तत्काल राहतका कार्यक्रम रोहनिया शरणार्थीलाई खाद्यान्न सहयोग जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग पर्सा जिल्लाका गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयोग काठमाडौँका विपन्न अनार्थ आश्रमलाई सहयोग मोरङ, झापा तथा नवलपुर जिल्लाका सरकारी विद्यालयलाई स्कुल पोशाक वितरण तथा झापा र मोरङका भुटानी शिविरमा विभिन्न उल्लेखनीय काम गर्दै आएको छ।
यस संस्था अमेरिकामा मेघ सुवेदीका अलवा पञ्चम तामाङ,योगेश नेपाल, रविन बिष्ट, सुकवीर तमाङ, तिलमान मगर, सोनु तामाङ,अर्जुन बिष्ट लगायतले यस संस्थाको नेतृत्व गर्नुभएको छ। यस राहत कार्यक्रमका सिजल एन्ड सिस्टरका सल्लाहकार तथा पत्रकार राजेन्द्र लुइटेल, वरिष्ठ पत्रकार गीतकार तथा पूर्व उपाध्यक्ष पत्रकार गीता अधिकारी, चर्चित गायक तथा संगीतकार पुष्कर सुनार, चर्चित गायिका तथा नायिका सारिका घिमिरे, चलचित्र नायक तथा मोडेल श्रीदेव भट्टराई, विश्व भारततोलन विजेता जीवन गिरी , निर्देशक एवं फोटोग्राफर कुबेर तामाङ, क्यामेरा म्यान नवीन सुनुवार तथा यस सिजल एण्ड सिस्टर संस्थाका सचिव डिल्ली राम सिग्देल, स्थानीय सहजकर्ता तथा समाजसेवी थुप्पेन घ्याल्बो लामा आदिको उपस्थितिमा उहाँहरूको हातबाट राहत वितरण गरिएको थियो।
सोही दिन सिजल एण्ड सिस्टर फाउन्डेसनले समाजसेवी तथा संस्थाका संयोजक राजन भण्डारीको संयोजकत्वमा पनौती १२ का अति विपन्न तथा बाढी पीडित परिवारलाई सिजल एन्ड सिस्टर फाउन्डेसन अङ्कित ३०० भन्दा बढी परिवारलाई बाल्टिन पानीका फिल्टर तथा अन्य सामग्री कम्युनिटी इनोभेसन अर्गनाइजेसन तथा अन्य संस्था सँग सहकार्य गरी वितरण गरियो। सिजन एण्ड सिस्टर जस्तो गैर नाफामूलक संस्थासँग मिलेर काम गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको इनोभेसन संस्थाका अध्यक्ष नवराज खनालले बताउनुभयो। भने यसै कार्यक्रमको संयोजक सदिक्षा सुवेदीले कार्यक्रमको बृहत र टार्गेटमूलक भएको बताउनुभयो। कार्यक्रममा स्थानीय प्रतिनिधि बिमल खत्री आदिको उपस्थिति थियो। हाम्रो सबै संस्थाको उद्देश्य एउटै भएकोले यसरी एक अर्कामा सहकार्य गरेर समाजसेवा गर्न पाउँदा आनन्द लागेको सेजल एन्ड सिस्टर फाउन्डेसनका अध्यक्ष भण्डारीले बताउनुभयो।
हजारौ दिन दुखीको सेवामा अनवरत लागि पर्ने तर कहिले पनि समाजसेवालाई प्रचारवाजी नगरि सधै आपत विपदमा परेकाहरुको सेवामा तल्लिन वास्तविक समाजसेवी हुन मेघ सुवेदी उनै संस्थापक अध्यक्ष रहेको सिजल एण्ड सिस्टर फाउण्डेसन हाल नेपालमा औपचारिक रुपमा दर्ता भै सामाजिक सेवामा निरन्तर सक्रिय रहदै आएको छ ।
गायीका तृप्ती खड्का ‘मन को मान्छे’ बोलको गित सार्वजनिक भएको छ ।
गायीका तृप्ती खड्का गुरुङको आवाजमा मनको मान्छे आजभोली बोल्न छोडेको छ मलाई किन अन्तै पाइला मोडेको छ भन्ने बोलको गित तृप्ती
खड्का गुरुङ युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।
एकदमै मार्मिक रहेको गितको शव्द गण्डकी पुत्राले गर्नु भएको छ भने म्युजिक पनि तृप्ती खड्का गुरुङकै रहेको छ । एरेञ्ज र मिक्सिङमा नरेश पाण्डेले साथ दिनुभएको छ भने सारेगम स्टुडियोमा गितको रेकडिङ गरिएको गायीका तृप्तीले बताउनुभयो ।
वर्ल्ड वाईड मिडियाद्वारा आयोजना गरिएको जेष्ठ नागरिक सम्मान तथा शुभकामना साँझ कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रममा शंखारापुर नगरपालिकाका जेष्ठ नागरिक, सानुनानी दंगाल र आशालाल श्रेष्ठ तथा पत्रकार कृष्ण भुसाल र कलाकार राजकुमार शाह र गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठलाई विशेष सम्मान प्रदान गरियो।
कार्यक्रममा नगर प्रमुख रमेश नापित प्रमुख अतिथि हुनुहुन्थ्यो भने उप-नगर प्रमुख समिता श्रेष्ठ, पूर्व नगर प्रमुख सुवर्ण श्रेष्ठ, र विभिन्न समाजसेवीहरू लगायत अन्य अतिथि उपस्थिति रहेका थिए। कार्यक्रममा चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो, जसमा बिन्दु परियार, चेतन राई, कृष्ण राज भण्डारी, रन्जीत लामा, रमेश पाठक, तुलासा वि.क., कविता मगर, सोना थापा मगर तथा स्थानीय कलाकारहरू समेत सहभागी थिए।
यस विशेष अवसरमा, गायक रामकृष्ण श्रेष्ठ, सिम्रन परियार, र सन्तोषी कार्कीको नयाँ गीत “सिठ्ठी बजाउदै” सार्वजनिक गरियो थियो। उक्त गीतका शब्द विष्णु भण्डारीले लेख्नुभएको हो भने संगीत सरोज पोख्रेलको रहेको छ। गीतमा सोनामपाख्रिनको निर्देशनमा मोडल सरोज प्रजा र विना राउतले अभिनय गरेका छन्।
कार्यक्रममा आयोजक समेत रहेका टेकराज पाण्डे, सौन्दर्य कर्मी राधिका खत्री, लक्ष्मण खड्का, र लक्ष्मी खड्कालाई विशेष सम्मान प्रदान गरेका थिए। उक्त कार्यक्रममा सुभाश कार्कीले भिडियो खिचेर सहयोग पुर्याएका थिए।
यस कार्यक्रमले जेष्ठ नागरिकप्रति सम्मानको भावना जागृत गर्नुका साथै, समाजसेवी र कलाकारहरूको योगदानको कदर गरेको छ।
कार्यक्रमको अन्त्यमा आयोजक वर्ल्ड वाईड मिडियाले सबै अतिथिहरू, सम्मानित व्यक्तिहरू, कलाकारहरू, र उपस्थित दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्दै, आगामी दिनहरूमा यस्ता सम्मानजनक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिरहने प्रतिबद्धता व्यक्त गर्यो। यो कार्यक्रमले जेष्ठ नागरिकहरूको सम्मान र सांगीतिक क्षमताको प्रोत्साहन गर्दै सबैलाई एकसाथ जोड्न सफल भएको महसुस गरिएको थियो।