Saturday, January 18, 2025

बालसाहित्य समाज सर्वोत्कृष्ट बालपुस्तक पुरस्कार स्रष्टा राईको कृति ‘साङ्केनको खुलदुली’लाइ

0

काठमाडौं २३ कात्तिक । बालसाहित्यले सामाजिक सद्भाव, सांस्कृतिक अन्तर्घुलन, प्रकृतिसित तादात्म्य, श्रमप्रति सम्मान भाव, आत्मविश्वास जस्ता अनेकौं पाटामा सकारात्मक परिवर्तन ल्याउन सक्छ । उनीहरूको जीवनपद्धति सभ्य शिष्ट भई सोच्ने क्षमता बढाउँछ । प्राणीहरूप्रति सहिष्णु रहेर देशप्रेमी भावना जागृत गराउँछ । सिर्जना र साहित्य कहिल्यै पनि बासी हुन्न, त्यसमाथि बालसाहित्य सदाबहार हुने गर्दछ । यही सदाबहार साहित्यको रूपमा रहेको बालसाहित्य प्रति पछिल्लो पुस्ताकी लेखिका सृर्जना राईको कृति ‘साङ्केनको खुलदुली’ पुरस्कृत घोषणा भएको छ ।

कोपिला किताबबाट प्रकाशित पुस्तक साङ्केनको खुलदुली ‘चित्रकथार सृजना राई’ कृति २०७९ सालको नेपाल बालसाहित्य समाज सर्वाेत्कृष्ट बालपुस्तक लेखन पुरस्कार घोषणा गरेको हो । गीति लेखनमा समेत आफुलाई अब्बल सावित गरिसकेकी खोटाङकी स्रष्टा सृर्जना राईका शब्द संगीत र स्वरमा लोकप्रिय गायक राजेशपायल राईसंग आफैले स्वर भरिसकेकी छन । बुवा टेक ब.राई र आमा इन्द्रकुमारी राईको ४ सन्तान मध्यको कान्छी सन्तान सृजना राई खोटाङको दिप्लुङ १ केराबारी, जन्तेढुङ्गा ६ मा जन्मेर गाउँले परिवेस पश्चात पढाईको सिलसिलामा राजधानी प्रवेश गरेकी उनी पढाईसंग संगै गीत, संगीत र साहित्यलाई पनि उतिकै मायाँ गर्छिन ।

छापा र डिजिटल सञ्चार माध्यममा सञ्चारकर्मको अनुभव बटुलेकी सृर्जना राई २०७७ सालको प्रदेश नं १ नानी श्रष्टाहरुको संयुक्त कविता संग्रह अजम्बरी अक्षरहरुमा आफ्नो कविता ‘मानवताको खोजि’ समावेस रहेकोमा खुसि ब्यक्त गर्छिन् । विभिन्न संघसंस्थामा आवध्द रहेर समाजसेवामा समेत सकृय सृर्जना राई गीत, कविता र गजलहरुलाई डायरिमा सिमित रहन नदिने र क्रमशः प्रकाशन गर्दै लाने बताउछिन् ।

सिजल एण्ड सिस्टरद्वारा रोशी पालिकाका २५० घर परिवारलाई राहत वितरण

काभ्रे ।  लामो समयदेखि अमेरिकामा रहेर नेपालमा समाजसेवामा सक्रिय निरन्तर सक्रिय रहेका समाजसेवी तथा सफल युवा व्यबसायी मेघ सुवेदी संस्थापक अध्यक्ष रहेको सामाजिक संस्था ‘सिजल एन्ड सिस्टर फाउन्डेसन’ले काभ्रेको रोशि गाउँ पालिकाको बाढी, डुबान तथा पहिरोबाट प्रभावित २५० सय भन्दा बढि परिवारका लागि राहत वितरण गरेको छ ।

बाढी तथा डुबानका कारण प्रभावितहरुलाई सिजल एन्ड सिस्टर फाउन्डेसन अमेरिकाको अध्यक्ष तथा समाजसेवी मेघ सेबेदीले पठाएको रकमद्वारा पिडितहरुलाइ ब्लान्केट तथा मानवीय क्षेतिको परिवारलाई १० हजार तथा पुर्ण रुपमा घरवार क्षती भएका परिवारलाई ५ हजार रुपैया नगद समेत हस्तान्तरण गरिएको थियो ।

फाउण्डेसनका नेपाल च्याप्टरको अध्यक्ष तथा नायक सन्जित भन्डारीले कलाकारीता सङगै समाजसेवा गर्न पाउँदा आफु निकै खुशी भएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने भण्डारीले बताए ।

कार्यक्रम प्रस्तोता तथा पत्रकार समीर लामाको संयोजकत्वमा उक्त राहत बितरण कार्यक्रम भएको थियो । राहत वितरण कार्यक्रममा इन्टरनेसनल वर्ल्ड च्याम्पियनसिप बिजेता जीवन गिरी,गायक,संगीतकार तथा एरेन्जर पुष्कर सुनुवार फाउन्डेसनका अन्य सदस्यहरू राजन भण्डारी ,डिल्लीराम सिग्देल,रुद्र बहादुर खड्का, फोटोग्राफर तथा भिडियो निर्देशक कुबेर तामाङ , छायांकार तथा एडिटर मोहन सुनुवार, गायिका तथा कलाकार सुनिता राई गायक तथा समाजसेवी रुपक खनाल, युवा समाजसेवी सौगात अधिकारी, युवा समाजसेवी जीवन कार्की लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

स्थानीय तहसँग समन्वय पश्चात सो गाउपालिकाको वडा नम्बर ९,१०,११ र १२ का २५० भन्दा वढि परिवारलाई राहत वितरण गरिएको थियो ।

यस अघि फाउन्डेसनले ५० लाख बराबर रकमको जाजरकोट भुकम्प पीडितलाई समेत राहत बितरण गरिएको थियो । सिन्धुपाल्चोकको मेलम्चीमा भएको वाढिबाट पिडितको संकटमा समेत फाउण्डेसनले लाखौ वरावरको राहत सामाग्री वितरण गरेको थियो ।

देशमा भैपरी आउने आपत विपदमा सदा अग्रसर रहने फाउण्डेसनको उद्देश्य अनुरुप पिडितहरुको लागि तत्तकालै राहत सामाग्रीहरु वितरण गरेर सरकारको भन्दा छिटो राहत उपलव्ध गराउदै आएको रेकर्ड समेत फाउण्डेसनको रहेको संस्थाका नेपाल प्रमुख एवं मोडल समेत रहेका भण्डारीले बताए ।
देशमा विपद परेका बेला हरेक ठाऊमा यो फाउण्डेसन पुग्ने गरेको र कोभिडमा लकडाउनको समयमा बढि भन्दा वढि राहत उपलव्ध गराउदै आएको फाउण्डेसनका सल्लाहकार नर बहादुर कार्कीले बताए ।

रोशी गाउँ पालिकाको वडा न. ९ का वडा अध्यक्ष राजन लामाको उपस्थितीमा राहत वितरण भएको थियो भने अध्यक्ष लामाको भनाइ अनुसार सो फाउण्डेसनले उपलव्ध गराएको राहत सामाग्रीले पालिकाका अधिकाशं पिडितहरु लाभान्वित भएको लामाले बताए ।
फ़ाउण्डेशनले भूटानी शिविरमा वार्षिक रुपमा बिभिन्न कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य र जनचेतनामुलक योजनालाई सहयोग पुर्याउदै आएको छ ।

सर्वाधिक उचाईमा प्रेस मिटः पर्यटन प्रवद्र्धनका लागि अवार्ड आयोजना हुदै

0

लुक्ला – ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ ।

आज सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिनुभयो ।

मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पु¥याउनुहुने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार कूल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ ।

अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत रहने अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अवार्ड वितरण गर्न सम्बन्धित विषयविज्ञ सम्मिलित एक मूल्याङ्कन एवं छनोट समिति गठन भइसकेको छ ।

उहाँले पछिल्ला केही वर्र्षयता जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा परिरहेकाले यसले पर्यटन क्षेत्रमा पनि असर गरिरहेकाले बताउँदै यस विषयमा विश्व समूदायको ध्यानाकर्षण गराउन कालापत्थरमा पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।

“पाँच हजार छ सय ५३ मिटरको उचाइमा आयोजित यो सम्भवतः पहिलो पत्रकार सम्मेलन हो, यहाँबाट हामीले विश्वलाई जलवायु परिवर्तनको अवस्थाबारे बुझाउने अपेक्षा गरेका छौँ”, अध्यक्ष लामाले भन्नुभयो ।

कम्पनीका प्रबन्ध निर्र्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन)ले जलवायु परिवर्तनले सबैभन्दा बढी हिमाली क्षेत्र प्रभावित भएको उल्लेख गर्दै हिमाल बचाउनका लागि ढिला गर्न नहुनेमा जोड दिनुभयो ।

“जलवायु परिवर्तनबाट विशेष गरी मुलुकको पर्यटन क्षेत्रमा ठूलो असर परिरहेको छ, हिमालबाट हिउँ हराउन थालेको छ, सेता हिमाल काला पहाडमा परिणत हुन थालेका छन् । यो क्षेत्रलाई बचाउन सकिएन भने पर्यटन क्षेत्रलाई बचाउन सकिँदैन, आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत यो सन्देश हामी विश्व समुदायलाई दिन चाहन्छौँ”, उहाँले भन्नुभयो ।

प्रबन्ध निर्र्देशक मोक्तानले जलवायु परिवर्तनको असरका कारण सदियौँदेखि जमेका हिमतालहरु फुट्ने क्रम सुरु भएको, अधिक र न्यून वर्षा हुन थालेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद् बढ्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।

लुक्लाका पर्यटन व्यवसायी, समाजसेवी तथा स्टार युथ क्लबको केन्द्रीय अध्यक्ष एवं समाजसेवी नाम्गेल शेर्पाले जलवायु परिवर्तनबाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको कात्तिकमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही क्षेत्रमा आएर जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभएको थियो । यस वर्ष हामी खुम्बुवासीले यसबारे आवाज उठाएका छौँ ।”

पत्रकार सम्मेलनमा उपस्थित आरोही मिङ्मा तेञ्जी शेर्पाले आफू १७ वर्षदेखि हिमालमा काम गरिरहेको बताउँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा असर देखिन थालेको उल्लेख गर्नुभयो ।

“मैले सन् २००७ मा काम सुरु गर्दा र अहिलेको अवस्थामा धेरै फरक देख्न सकिन्छ । जलवायु परिवर्तनका कारण मौसम अस्थिर भएको छ । केही समयअघि खुम्बु क्षेत्रको थामेमा ठूलो विपद् आयो, पहिले हिउँमा आरोहण गर्ने गरेकामा अहिले ढुङ्गा र माटोमाथि आरोहण गर्नुपरेको छ । तसर्थ हिमाल जोगाउन र जलवायु परिवर्तनका असर न्यूनीकरणमा हातोमालो गर्न विश्व समुदायको ध्यानाकर्षण हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा दोर्जी शेर्पा र पर्यटन व्यवसायी एवं आरोही मिङ्मा शेर्पासँगको सहकार्यमा एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टले अवार्ड आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कम्पनीले हालसम्म स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । हालसम्म कम्पनीले जापान, मालदिभ्स, दुबईमा कार्यक्रम गरिसकेको छ ।

‘कस्तो हो यो माया’ सार्वजनिक(भिडियो)

काठमाडौं । आफ्नो कला, संस्कृति र माटोको मायाँ हुनेले देशको अवस्थाका कारण रोजिरोटीको लागि सन्सारको जुनसुकै कुनामा रहेपनि व्यस्त जीवनबाट उप्रेको समयको सदुपयोग स्वरुप आफ्नो बिधागत क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावनाका चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाले क्यानडामा रहेर पनि ‘कस्तो हो यो मायाँ’ बोलको नेपाली गीतको भिडियो निर्माण गरि आफ्नै युटूव च्यानबाट सार्वजनिक गरेका छन् ।

क्यानडाको बिभिन्न स्थानको रमणीय दृश्य कैद गरिएको भिडियोमा ईश्वर थापा र फरिता खड्कालाई प्रेमिल जोडीको रुपमा रोमान्टिक ढंगले प्रस्तुत गरेका छन् निर्देशक हेरुका लामाले । ईश्वर थापाको शब्द, लेखु सहयात्रीको संगीत सिर्जना रहेको गीतमा निशान भट्टराईले स्वर दिएका छन् भने एरेञ्जर पुरुषोत्तम सुवेदीले गरेका हुन् ।

‘लिटिल स्टार नेपाल’ को पाँचौं संस्करण सम्पन्न

0

पाँचौं संस्करणको ‘लिटिल स्टार नेपाल,२०२४’ को अन्तिम स्पर्धा भाद्र ३१ गते सोमबारका दिन राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्य’ र ‘गायन’ समूहका शिर्ष विजेता घोषित भए । नृत्यतर्फ ‘जुनियर गर्ल्स ए’, ‘जुनियर गर्ल्स बी’ र ‘सिनियर गर्ल्स’तर्फ क्रमशः मिराज दर्लामी मगर, शोखिन पाण्डे र शिलिन्यास घर्ती मगरले शिर्ष उपाधी हात पारे भने ‘गायन’तर्फ सिरिषा बिकले शिर्ष उपाधी हात पारिन।


‘जुनियर गर्ल्स ए’ तर्फ मिराज विजयी हुँदा सबिरा श्रेष्ठ फर्स्ट रनरअप, रिद्वी गिरी सेकेन्ड रनरअप/मस्ट पपुलर, आदित्री के.सी थर्ड रनरअप,  जिज्ञासा मर्हजन फोर्थ रनरअप, केन्जल बलामी र निर्भिक राज पन्त पब्लिक चोईस अवार्ड विजेता घोषित भए।

त्यसैगरी ‘जुनियर गर्ल्स बी’ तर्फ शोखिन विजयी हुँदा ईशारा पौडेल फर्स्ट रनरअप, प्रज्ञा राई सेकेन्ड रनरअप, कृशिला बिक थर्ड रनरअप, सजिना सेन्चुरी फोर्थ रनरअप, इश्रीया ढकाल फिफ्थ रनरअप, मीमान्सु पाण्डे सिक्थ रनरअप, आभ्या बराल सेभेन्थ रनर अप, क्वीन महरा मस्ट पपुलर, युनिका मगर र फेलिसिआ मैनाली पब्लिक चोईस अवार्ड विजेता घोषित भए।

‘सिनियर गर्ल्स’तर्फ शिलिन्यास विजयी हुँदा नीजा थापा मगर फर्स्ट रनरअप, कृ्षा लामा सेकेन्ड रनरअप/मस्ट पपुलर, हिमानी थापा मगर थर्ड रनरअप, सुप्रीया थापा मगर फोर्थ रनरअप, सुकृती थापा मगर फिफ्थ रनरअप, हेनिस खत्री मस्ट पपुलर, रसना तामाङ र रशु गिरी पब्लिक चोईस अवार्ड विजेता घोषित भए।

त्यसैगरी ‘गायन’तर्फ सिरिषा विजयी हुँदा निराजन धामी फर्स्ट रनरअप, बसन्त ढकाल सेकेन्ड रनरअप,अथर्व राना मगर थर्ड रनरअप, बिर्मशा देवकोटा फोर्थ रनरअप, नश्रीन आर्चाय मस्ट पपुलर, इभाना शर्मा र बिपाश्यी मरासीनी पब्लिक चोईस अवार्ड विजेता घोषित भए।

प्रनिमा दाहालले संचालन गरेको उक्त प्रतियोगितामा निर्णायकको रुपमा गायनतर्फ धनु ग्याङ्गमि, डि. पी. खनाल र भीम लिम्बू थिए भने नृत्यतर्फ सीता सुबेदी, प्रेम थापा निर्णायक रहेका थिए।

सन्दीप भुजेल, शान्ति तामाङ, मालती तामाङ, एलिना तामाङ, सम्भफ्ना तामाङ र सरीता स्याङ्गताङ्गले नृत्य प्रशिक्षण तथा कृष्ण भट्टराई  र सुभास श्रेष्ठले गायन प्रशिक्षण प्रदान गरेको उक्त प्रतियोगिता बालबालिकाहरुको आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार एएनपी मिडिया हाउसले विगत पाँच वर्षदेखि ‘लिटिल स्टार नेपाल’ प्रतियोगिता संचालन गर्दै आएको आयोजक संस्थाका प्रबन्ध निर्देशक लव बहादुर कार्कीले जनाए ।

अनुष्का,दिशान्त तथा सिमरन भए यो वर्षको ‘नेशनल किड्स एण्ड टिन्स सुपरस्टार’

0

ललितपुर ।  नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले बालकुमारीस्थित म्यूजिक सिटी हलमा भव्य रुपमा सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य तथा नेकपा एमालेकी सचेतक सुनिता बरालको प्रमुख आतिथ्यता तथा संचारकर्मी राजेन्द्र लुईटेल(राज)को विशेष आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा किड्सबाट अनुष्का चौधरीले उपाधी जित्न सफल भएकी थिईन भने ब्वाईजबाट दिशान्त ताजपुरिया तथा टिन्सबाट सिमरन थापा मगरले उपाधी जित्न सफल भएका थिए ।

यसै गरि मस्ट पपुलर तर्फ किड्सबाट सयोना लामा,ब्वाइजबाट दिशान्त ताजपुरिया र टिनस्बाट सिमरन थापा मगरले टाईटल जित्न सफल भएका छन ।

यसै गरि किड्सबाट अन्सुमा थापा मगर,ब्वाईजबाट नयन कारन्जित र टिन्स दिया राना मगरले पव्लिक च्वाईसको टाईटल जित्न सफल भएका थिए ।
कार्यक्रममा गायिका पूजन काफ्ले तथा शान्ति तामाङ्गले प्रस्तुती दिएका थिए । संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर सोनीतराज ढुंगेल,संचारकर्मी अरुणा श्रेष्ठ,एमएस ईन्टरनेशनल तथा डान्सर सीता सुवेदी तथा मिस्टर नेपाल योगेश श्रेष्ठको निणार्यक टिमले प्रतियोगीताको निणार्यक भूमिका निर्वाह गरेका थिए ।
किड्स, टिन र व्वायज गरेर ३ क्याटगोरी रहेको प्रतियोगीतामा कक्षा ३ देखि ९ सम्म का प्रतियोगीहरु रहेका थिए । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुबाट छनौट भएका विद्यार्थीहरुले ग्राण्ड फिनालेमा आ -आफ्ना प्रस्तुती प्रर्दशन गरेका थिए ।

ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडको आयोजनामा आयोजित उक्त प्रतियोगीताको प्रतियोगीहरुलाई करिव एक महिनाको विभिन्न लाभदायिक प्रशिक्षण पश्चात ग्राण्ड फिनालेमा उतारिएको थियो । सुमी बानियाको कोरियोग्राफी रहेको प्रतियोगीताको कार्यक्रम संयोजन नृत्य निर्देशक सन्दिप भूजेलले गरेका थिए ।
बालवालिकाहरुको लागि नेपाली कला संस्कृतिको जानकारी दिनुका साथै उनीहरुको प्रतिभामा थप निखारता ल्याई कार्यक्रमको माध्यमबाट प्रतिभा प्रस्फुटन गर्नु संस्थाको उद्देश्य रहेको आयोजक प्रमुख सबिना श्रेष्ठले जानकारी दिईन । विजेतालाई विभिन्न संघ संस्थाबाट क्राउन,ट्रफी सहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा व्यूटि क्यू टेन प्रोफेशनल तथा कसविज हर्वलको तर्फबाट विजेता तथा अतिथीहरुलाई गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

नेपाली गायिका पुजन काफ्ले भारतमा उत्कृष्ट अन्तर्राष्ट्रिय गायिका अवार्डबाट सम्मानित

0

पटना- नेपाली गायिका पुजन काफ्ले यस वर्ष  भारतमा उत्कृष्ट अन्तर्राष्ट्रिय गायिका अवार्डबाट सम्मानित भएकी छीन् । भारतको पटना स्थित साङ्ग्रीला प्यालेसको भव्य हलमा आयोजित ग्लोबल स्टार अवार्ड समारोहमा पीजेईएस स्कुलका संस्थापक अध्यक्ष समेत रहेका काफ्लेलाई बलिउडकी चर्चित अभिनेत्री पुनम धिल्लोन आयोजक समितिका अध्यक्ष डा. शिखा नरुला, मिसेस इन्डिया प्रतिभा प्रसादले अवार्ड प्रदान गरेका थिए ।

आईएएस शंशाक शेखर, विधायक रश्मी बर्मा, पटना सरकारका जीएसटी सह आयुक्त समीर परिमल र आयोजक समिति सदस्य श्रीमती भारत प्रतिभा प्रसादको संयुक्त निर्णायक प्यानलले काफ्लेलाई नेपालका लागि यस वर्षको उत्कृष्ट अन्तर्राष्ट्रिय गायकको अवार्ड दिने निर्णय गरेका थिए ।

विहार शिक्षा तथा प्रविधि मन्त्री सुमित कुमार सिंहले पटनाको सांग्रिला प्यालेसमा आयोजित भव्य समारोहको प्रमुख आतिथ्यता गरेका थिए । कार्यक्रममा बलिउडकी चर्चित अभिनेत्री पूनम ढिल्लन सेलिब्रेटी थिइन् । दिल्ली सरकारका प्रशासकहरू, पटना सरकारका प्रशासकहरू र विधायकहरू र राजनीतिज्ञहरूको ठूलो उपस्थिति थियो।

महिला चेम्बरकी अध्यक्ष श्रेष्ठलाई भारतमा उत्कृष्ट महिला उद्यमीको अवार्ड

0

साल्ट ट्रेडिङ्ग कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ भारतको पटनामा ग्लोबल स्टार अवार्डबाट सम्मानित भएकी छिन ।

चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी श्रेष्ठले नेपालमा लामो समयदेखि एक सफल महिला उद्यमीको रुपमा देश तथा विदेशमा आफ्नो छवि उच्च बनाएको तथा नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिए बापत उनलाई यो बर्षको उत्कृष्ट अन्तराष्ट्रिय महिला उद्यमीको अवार्डबाट सम्मानित गरिएको आयोजक समितिका प्रमुख डा.शिखा नरुलाले जानकारी दिईन ।

भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको जिएसटी ज्वाइन्ट कमिस्नर समिर परिमल तथा आयोजक समिति सदस्य मिसेस भारत प्रतिभा प्रसादको संयुक्त निणार्यक मण्डलले श्रेष्ठलाई नेपालका लागि यो वर्षको उत्कृष्ट महिला उद्यमीको अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो ।
विहारका शिक्षा तथा प्रविधि मन्त्री सुमित कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भव्य समारोह पटनाको भव्य हल सांग्रिला प्यालेसमा सम्पन्न भएको थियो ।

बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन सेलीब्रेटी गेष्ट रहेको समारोहमा दिल्ली सरकारका प्रशासक,पटना सरकारका प्रशासक तथा विधायक एवं राजनितिज्ञहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यव्यस्तताका कारण समारोहमा उपस्थित हुन नसकेकाले सो अवार्ड काठमाडौं हस्तान्ततरण गरिएको थियो । राष्ट्रिय सेवा सम्मान, महिला आयोगबाट प्रदान गरिने सम्मान लगायत थुप्रै संघ संस्थाबाट सम्मानित श्रेष्ठले महिला उद्यमीका विकासमा महिला चेम्बरमा रहेर अनेकौ उत्कृष्ट कामहरु गर्दै आएकी छिन भने सामाजिक सेवामा समेत सक्रिय उनको कुशल प्रशासकिय क्षमताको सर्वत्र चर्चा हुदै आएको छ ।

सत्यकलालाई भारतमा उत्कृष्ट ईन्टरनेशनल ईभेन्ट डाईरेक्टरको अवार्ड

0

मोडल तथा ईभेन्ट डाईरेक्टर सत्यकला तामाङ्ग लामालाई भारतमा यो वर्षको सर्वोत्कृष्ट ईन्टरनेशनल ईभेन्ट डाईरेक्टरको अवार्ड प्रदान गरिएको छ । भारतको पटनास्थित भव्य हल सांग्रिला प्यालेसमा आयोजित ग्लोबल स्टार अवार्डमा आयोजित समारोहमा अभिनेत्री समेत रहेकी लामालाई उक्त अवार्ड बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन,आयोजक समिति अध्यक्ष डा.शिखा नरुला,मिसेस ईण्डिया प्रतिभा प्रसादको हातबाट उक्त अवार्ड प्रदान गरिएको थियो ।

लामो समयदेखि नेपाली मनोरन्जन क्षेत्रमा सक्रिय एवं थुप्रै म्यूजिक भिडियोको मोडल समेत रहेकी लामालाई देश तथा विदेशमा उत्कृष्ट ईभेन्ट आयोजना गरि सफल ईभेन्ट डिरेक्टरको रुपमा ख्याती कमाएकाले उक्त अवार्ड प्रदान गरिएको आयोजक समिति अध्यक्ष डा.शिखाले जानकारी दिईन ।

तामाङ्ग चलचित्रकी लोकप्रिय नायिका सत्यकला एक सफल खेलाडी समेत हुन ।
भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको जिएसटी ज्वाइन्ट कमिस्नर समिर परिमल तथा आयोजक समिति सदस्य मिसेस भारत प्रतिभा प्रसादको संयुक्त निणार्यक मण्डलले लामालाई नेपालका लागि यो वर्षको उत्कृष्ट ईन्टरनेशनल ईभेन्ट डाईरेक्टरको अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो ।
विहारका शिक्षा तथा प्रविधि मन्त्री सुमित कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भव्य समारोह पटनाको भव्य हल सांग्रिला प्यालेसमा सम्पन्न भएको थियो ।
बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन सेलीब्रेटी गेष्ट रहेको समारोहमा दिल्ली सरकारका प्रशासक,पटना सरकारका प्रशासक तथा विधायक एवं राजनितिज्ञहरुको बाक्लो उपस्थिती रहेको थियो ।

पुजन काफ्लेको तीज गीत “हे आमा भन्न मिलेन” सार्वजनिक(भिडियो)

काठमाडौं।  हिन्दु नारीहरुको महान चाड तीजलाई लक्षित गर्दै  गायिका पुजन काफ्लेले यो बर्ष पनि मौलिक तीज गीत “हे आमा भन्न मिलेन” बजारमा ल्याएकी छिन्। काफ्ले कै स्वर, शब्द, लय रहेको यस गीतमा चर्चित मोडेल स्मारिका ढकालको साथमा संस्कृती र एलिजाको पनि अभिनय रहेको छ।

भिडियोमा प्रबिन थापाको निर्देशन, सरोज शाहीको छायांकन रहेको छ भने निराजन केसीको सम्पादन रहेको छ। बजारमा तीज गीत संगीतको नाममा कतिपय भ्युजको लागि छाडा र भद्दा गीत आईरहेको अबस्थामा पनि यो गीत मौलिक र सामाजिक परिबेश सुहाउदो रहेको छ। यस गीत्लाई पुजन काफ्ले युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।