Tuesday, January 13, 2026

पाकिस्तानी क्रिकेटर साहिद अफ्रिकीमा देखियो कोरोना संक्रमण

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउन्डर साहिद अफ्रिदीमा पनि कोरोनाभाइरस ९कोभिड-१९० संक्रमण पुष्टि भएको छ । अफ्रिदीले शनिबार आफू संक्रमित भएकोपुष्टि गरको हुन् ।

‘म गत बिहीबारदेखि राम्रो महसुस गरिरहेको थिइनँ । मेरो शरीरले खराब प्रतिक्रिया देखाएको थियो र मैले परीक्षण गरेँ । दुग्भाग्य ममा कोरोना पोजेटिभ देखियो,’ उनले ट्वीटरमा लेखेका छन् ।

अफ्रिदी कोभिड–१९ बाट संक्रमित हुने क्रिकेट दुनियाँकै पहिलो ठूला सेलिब्रेटी हुन् । १९९६ देखि २०१८ सम्म उनले पाकिस्तानी क्रिकेट टोलीका लागि खेलेका थिए । आक्रामक ब्याट्सम्यान अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ एकदिवसीय र ९९ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

त्यसमध्ये उनले टेस्टमा १७ सय १६ रनसहित ४८ विकेट, एकदिवसीयमा ८ हजार ०६४ रनसहित ३ सय ९५ विकेट र टी–२० मा १४ सय १६ अन्तर्राष्ट्रिय रनसहित ९८ विकेट लिएका छन् । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३२ हजार नाघिसकेको छ र २५ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

अब नक्सा होइन, जमिन चाहियो प्रधानमन्त्रीज्यू : राजेन्द्र महतो

0

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै अब नक्सा मात्रै जारी गरेर नपुग्ने बताएका छन्। उनले अतिक्रमण भएको जमिन समेत फर्ता गर्न माग गरेका छन्। 

संसदको बैठक हजारौँ पटक बसेपनि शनिबार बैठक सबै नेपाली जनताले यो संसदप्रति हेरिरहेको उनले बताए। जनताको प्रतिनिधिको रुपमा उपस्थित भएका सबैले ऐतिहासिक दिनमा के गर्दै छ भन्नेमा सबैको ध्यान रहेको बताउँदै भने, ‘यो ऐतिहास बैठक नै हो।’ यो सामान्य प्रस्ताव नभएको भन्दै उनले यो देशको भूमिको सवाल भएको दाबी गरे। नेपालको नक्सामा भूमि कहाँ र कति हो भन्ने राख्ने सवाल भएकाले यो महत्वपूर्ण भएको उनको भनाइ थियो। 

‘जय होस्’को नेवारी संसकरण ‘जय जुइ’ गांउदै सिद्धार्थ बज्राचार्य

अहिले देशमा लकडाउनको अवस्था छ । यसका कारण आम जनजीवन प्रभावित भईरहेको छ । धेरै ठाउँमा अझै पनि जनचेतनाका अभाबको कारण रोग संक्रमण फैलिने क्रम बढ्दो छ । यसका लागि आज भोली जनचेतना जगाउने हेतु नेपाली सांगितिक क्षेत्रका कलाकारहरु लागि आफ्नै तवरले लागि परेका छन ।
यसै बिच चर्चित संगीतकार महेश ज्ञवालीद्वारा संगीतबद्ध गीत ‘जय होस्’ बोल रहेको गीत केही समय अगाडी रिलिज गरिएको थियो जसमा वरिष्ठ गायिका तथा सुमधुर आवाजकी धनी दिपा नारायण झाको स्वर रहेको थियो । सोही गीतको नेवारी संसकरण ‘जय जुइ’बोलको अर्को भिडियो रिलिज गरिएको छ । गीतमा गायक सिद्धार्थ बज्राचार्यको स्वर रहेको छ भने शब्द स्वयम संगीतकार ज्ञवालिको रहेको छ ।

प्रस्तुत भिडियोलाई आस म्युजिक कम्पनीको सहयोग रहेको छ । भिडियोलाई सुशिल दाङगीले सम्पादन गरेका हुन ।

फेसबुकमा लाइभ टकशो सचालन गर्दै कोरियोग्राफर रोजिन शाक्य

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन कलेज अध्यापन लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले सामाजिक संजालको प्लेटफर्मलाई प्रयोग गर्दैै आफ्नो फेसबुक पेजमा लाइभ टक शो संचालनमा ल्याएका छन् । ‘स्पीक टू मी’ नाम दिइएको उक्त टक शो विगत ५ साताबाट नियमित रुपमा शुक्रबार र शनिबार साँझ ४ बजेबाट करिब एक घण्टा संचालन हुने गरेको छ । विशेषतः फेसन, मोडलिङ, ब्युटी, संचार, अभिनय तथा सौन्दर्य प्रतियोगिता क्षेत्रमा उपलब्धी हासिल गरेका व्यक्तित्वहरुको उपलब्धी, उनीहरुको क्यारिएर, व्यवसायिक यात्राको विभिन्न पाटो संगै व्यक्तिगत जीवनका रमाइला पक्षहरुको सेरोफेरोमा सो कार्यक्रम केन्दि«त रहेको छ । कार्यक्रमको प्रारम्भिक चरणमा उल्लेखीत क्षेत्रका व्यक्तिहरुमा केन्दि«त रहेता पनि विस्तारै यसको स्वरुपमा समाजका अन्य क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेका युवाहरुलाई पनि समेटिने छ ।

हालसम्म रोजिनले संचालन गर्दै आएको ‘स्पीक टू मी’ मा मिस कस्मोपोलिटन वल्र्ड २०१९ प्रिया रानी लामा, मोडल एवं मिस इको इन्टरनेसनल नेपाल २०१९ मुना गौचन, मोडल एवं अभिनेत्री सुमी मोक्तान, मोडल तथा मिष्टर ओसियन नेपाल २०१७ विवेक खड्का, मोडल एवं अभिनेता एसराज गराच, मिस लिटिल प्रिन्सेस् इन्टरनेसनल २०१८ प्रितान्शा थापा, मेकअप आर्टिष्ट स्वस्तिका राजभण्डारी, फेसन डिजाइनर मनिश राईलाई प्रस्तुत भइसकेका छन् । 
टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा यसअघि वि.सं. २०५८ सालमा च्यानल नेपालको पर्दामा नेपाली चलचित्र सम्बन्धीत दुई वटा कार्यक्रमहरु सप्तरंगी र सिनेबाइट्स संचालन गरेका रोजिनले वि.सं. २०६० सालमा एनटिभि टुमा प्रवेश गरेका थिए । त्यहाँ करिब ६ वर्ष सम्म फेसन सम्बन्धीत कार्यक्रम फेसन बज र चलचित्र सम्बन्धीत कार्यक्रम सिने सिज्लर नामक कार्यक्रमको प्रस्तोता एवं निर्माताको रुपमा भूमिका निर्वाह गरेका थिए । यसैगरी केही समय अगाडि ईमेज टेलिभिजनबाट प्रशारण भएको अभियन सम्बन्धीत टेलिभिजन रियालिटी शो नेसनल एक्टिङ कम्पीटिसनको संचालनको जिम्मेवारी पनि उनले निर्वाह गरेका थिए । विगत १२ वर्ष यताबाट रोजिन नेपाल भाषाको समाचार वाचकका रुपमा प्रस्तुत हुँदै आएका छन् ।

चिनीको अभाव हुने भन्दै राष्ट्रिय उपभोक्ता मंचले गरायो सरकारको ध्यानाकर्सण

ललितपुर, जेठ – उपभोक्ता अधिकारको क्षेत्रमा कृयाशिल संस्था राष्ट्रिय उपभोक्ता मंचले बजार स्थिती बारे गरिएको अन्वेसणका क्रममा चिनीको अभाव हुने देखिएको औल्याएको छ । विहिबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै मंचका अध्यक्ष प्रेमलाल नहर्जनद्वारा प्रेसित पत्रमा चिनीको अभाव हुन नदिन चिनीको आपूर्ति व्यवस्थापन सहज गर्दै सुलभ मूल्यमा उपलव्ध गराउन माग गरिएको छ । पत्रमा आम नागरिकको लागी आवश्यक पर्ने दैनिक अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति गर्ने जिम्मेवारी नेपाल सरकारकै भएकोमा दुइमत नरहेको उल्लेख गर्दै बजारलाई प्रभावित पारेर अनुचित व्यापारिक कृयाकलाप गर्ने केही व्यवसायीहरुले दैनिक उपभोग्य वस्तुहरुको अभाव श्रृजना गरी मूल्यबृध्दि गर्ने र गलत तरिकाले फाइदा उठाउन खोजेको घटनाहरु हुंदै आएको निवेदन गरेको छ । मंचले अहिले बजारमा दाल, चामल, नून तेल जस्तो अत्यावश्यक खाद्यवस्तुहरुको उचित व्यवस्थापनको कारण बजारमा खाद्यान्नको अभाव नरहेको औल्याउदै बिगतका बर्षहरु देखि नै समस्याको रुपमा रहेको चिनीको उत्पादन, आपूर्ति व्यवस्थापन तथा बितरण प्रणालीमा यस बर्ष पनि समस्या आउने सम्भावना प्रवल रुपमा देखिएको उल्लेख गरेको छ । मंचले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग चिनीको मौज्दात सिमित रहन गएको र आन्तरिक उत्पादनको चिनी पनि अत्यन्त कम मात्रामा मौज्दात रहेको भन्ने बिश्वस्त शुत्रबाट जानकारी हुन आएको बताउदै यस अवस्थाले बजारमा चिनीको अभाव हुने कुराको पुष्टी हुन्छ भन्ने बोध गराएको छ । साथै स्वदेशी उद्योगीहरुले बिदेशबाट आयात हुने चिनीमा अत्याधिक भन्सार महसुल लगाउन अनुचित दवाव दिनाले आयातित चिनीको मूल्य समेत बृध्दि हुन जाने सम्भावनाले थप चिन्ता लिनुपर्ने अवस्था आएको व्यहोरा प्रधानमन्त्रीलाई सम्बोधन गरिएको पत्रमा लेखिएको छ ।’नेपालमा चिनीको बार्षिक आवश्यकता करिव २८० हजार मेट्रिक टन रहेकोछ भने स्वदेशी चिनी उद्योगहरुले यस बर्ष करिव १८० हजार मेट्रिक टन मात्र उत्पादन गर्न सकेको देखिन्छ । मांगको तुलनामा उत्पादन करिव १०० हजार मेट्रिक टन न्यून हुन जांदा बजारमा आपूर्ति व्यवस्थापन गर्न एक मात्र बिकल्पको रुपमा तेश्रो बजारबाट आयात गरी आपूर्ति व्यवस्थापन सहज गर्नुपर्ने देखिन्छ । अहिले तेश्रो बजारमा स्वदेशी चिनीको मूल्यको तुलनामा अत्यन्त सस्तो रहेकोछ । बिश्व बजारमा गुणस्तरीय चिनी प्रति किलो ५५ रुपैयां खुद्रा मूल्यमा पाउने अवस्था बिद्यमान रहेको र स्वदेशी उद्योगीहरुले समेत यस बर्ष करिव ४० हजार मेट्रिक टन चिनी आयात गरी आपूर्ति व्यवस्थापन गर्नुपर्ने कुरा आपूर्ति मन्त्रालयका जिम्मेवार पदाधिकारीहरुलाइ अवगत गराई सकेको अवस्थामा सस्तो दरमा गुणस्तरीय चिनी आयात गर्ने उपयुक्त समय अहिले नै भएको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा अवगत गराउन चाहन्छौं ।’ मंचद्वारा प्रेसित पत्रमा भनिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग स्टकमा रहेको चिनी सिध्दिन लागेपछि बजारमा कृत्रिम अभाव श्रृजना गरी मूल्यबृध्दि र कालोबजारी गर्ने व्यवसायीहरुको बिगतको परम्परा यस बर्ष पनि दोहरिन सक्ने सम्भावनालाई औंल्याउदै मंचले आम उपभोक्ताको हितको लागी समयमा नै पर्याप्त चिनीको आपूर्ति व्यवस्थापन गरी सर्वसाधारणले सहज रुपमा पाउने व्यवस्था गरी पाउ भन्दै प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।

निर्मल शर्माको निर्देशनमा ‘एउटा सपना’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

चर्चित निर्माता तथा निर्देशक तथा कलाकार निर्मल शर्मा(गैँडा) द्वारा निर्देशन गरिएको “एउटा सपना”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लकडाउनको समय भएका कारण कुनै सार्वजनिक कार्यक्रम गरी भिडियो रिलिज तथा अन्य कार्य गर्न नमिल्ने भएका कारण डिजिटल रिलिज गरिएको कुरा निर्देशक तथा कलाकार शर्माले बताउनु भयो । भिडियोमा वरिष्ठ कलाकार कमलकान्तको दमदार अभिनय हेर्न पाईन्छ । भिडियोमा उनले आफ्नो मायालुसंग बिताएका बिगतका पलहरुलाई सम्झिदै कसरी जिवन बिताईरहेका छन भन्ने देखाउन खोजिएको छ । अभिनयमा उनलाई अभिनेत्री रजनी के सि र कलाकार अशिम पौडेलले साथ दिएका छन । भिडियोलाई वरिष्ठ सिनेम्याटोग्राफर राजु के सि ले निकै नै आकर्षक तरिकाले छांयाकन गरेका छन भने सम्पादनको कार्य गौतम राज खडकाले गरेका हुन । भिडियो ओएसआर डिजिटको युटुब च्यानलबाट रिलिज गरिएको छ । निकै नै भावुक शैलीमा प्रस्तत उक्त गीतमा गायक उत्सव कान्त मैनालीको सुमधुर स्वर सुन्न पाईन्छ । गीतको शब्द रमेश सुबेदीले लेखेका छन भने संगीत रोशन राज गुरुङको रहेको छ । गीतलाई कुमार थापाले एरेन्ज गरेका हुन भने मनोज परियारले रेकर्डिङ तथा मिक्सिङको कार्य गरेका हुन ।

मणिपाल अस्पतालमा उपचाररत पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि

0

मणिपाल शिक्षण अस्पताल अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सवारी दुर्घटनामा परी करिब ८ दिनअघि अस्पताल भर्ना भएका उनको शुक्रबार कोरोना पोजेटिभ देखिएको हो ।

उनी कुश्मा ३ का बासिन्दा हुन् । दुर्घटना लगत्तै उपचारका लागि पोखरा आएको कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । ‘दुर्घटनामा परेर उनको हात र टाउकोमा चोट लागेको रहेछ उनले भने ।

मेयर जोशीले संक्रमित व्यक्ति कुश्मा पनि बाहिरी सम्पर्क नभएको र दुर्घटनापछि सीधैं अस्पताल गएकाले त्यही संक्रमण सरेको हुनसक्ने दाबी गरे । उनी आईसीयूमा छन् । ‘उनको अप्रेसन गर्ने कुरा थियो । अब कोरोना पोजेटिभ देखिएपछि त्यो पनि प्रभावित हुने भयो,’ उनले भने ।

पर्वतमा शुक्रबारमात्रै १३ जना कोरोना पोजेटिभ देखिएका छन् । जसमध्ये मणिपाल अस्पतालमा देखिएका विरामीबाहेक सबै भारतबाट आएका थिए । संक्रमित हुनेमा कुश्मा १९ देखि ४५ वर्ष समूहमा ८ जना पुरुष छन् । कुश्माकै एकजनाको भने उमेर खुल्न सकेको छैन ।

पर्वतकै पैयुा गाउापालिका र बिहाद गाउापालिकामा १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबारै कोरोना पुष्टि हुने अर्का एक ३२ वषर्ीय पुरुषको भने अझै ठेगाना खुल्न नसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सरिता गिरीको संविधान संशोधन अस्वीकृत गर्ने सभामुखको निर्णय

काठमाडौं । संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् ।

संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए ।

प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको उनले बताए । नियम ११२ मा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन दर्ता गरेकी थिइन् ।

समाजवादी पार्टीले उनलाई संशोधन फिर्ता लिन निर्देशन दिएको थियो भने नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकको पक्षमा मत दिन पार्टीका सांसदहरूलाई हृविप समेत जारी गरेको छ ।

सांसद गिरीले भने यसबारे सोचेर संसदमा जानकारी दिने दललाई बताएकी थिइन् ।