पहिलोपटक लाभांश बाँड्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक, १ अर्ब ७० करोड नगद

0
194

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश घोषणा गरेको छ। स्थापनापछि याे बैंकले पहिलोपटक लाभांश वितरण गर्न लागेको हो।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आईपीओ जारी गरेपछिको नगद लाभांश दिन लागेको हो।

बैंककाे चुक्ता पुँजी २० अर्ब छ। यसकाे ८ दशमलव ५ प्रतिशतले हुने १ अर्ब ७० करोड रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हाे। यो  रकम करसहित भएको  बैंकले जानाकारी गराएको छ। ​​

घाेषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here