गायक रामकृष्ण श्रेष्ठको स्वरमा ‘फुल जस्ती’ बोलको गीतको भिडियो सार्वजनिक(भिडियो)

0
426

नेपाली गीत–संगीत क्षेत्र संगै संचार क्षेत्रमा समेत क्रियाशिल गायक रामकृष्ण श्रेष्ठको स्वरमा ‘फुल जस्ती’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

प्राकृतिक छटाले रमणिय पर्यटकीय नगरी पोखराको बेगनास ताल, धम्पुस तथा पोखरा वरपरका मनोरम स्थलमा छायाँकन भएको गीतको भिडियोमा गायक श्रेष्ठको समेत अभिनय रहेको गीतको भिडियोमा मोडल अनिल श्रेष्ठ, नविना अधिकारी, अमृता घिसिङको अभिनय रहेको छ। सञ्जित घिसिङको छायाँकन तथा सम्पादन रहेको भिडियोको निर्देशन ग्ल्यामर्स फोटोग्राफरको रुपमा चिनिएका फोटोग्राफर कुवेर तामाङले गरेका छन्।

राज मेक अप स्टुडियोका प्रमुख सिनियर मेक अप आर्टिष्ट टेक राज पाण्डेको मेकअप रहेको भिडियोको ड्रोन अपरेटर संजित के घिसिङ्ग रहेका छन । गीतको संगीत गायक श्रेष्ठकै पूजनिय सांगीतिक गुरु सुरेन्द्र श्रेष्ठको रहेको छ। गीतको शव्द रचना वरिष्ठ अर्थविद डा.चन्द्रमणि अधिकारी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here