अन्तरिम प्रधानमन्त्री कार्कीले नयाँ मन्त्रिमण्डल घोषणा, ८ मन्त्रीले सपथ ग्रहण

0
74

काठमाडौं, असोज ०६

अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीले २०८२ भदौ ३० गते आफ्नो मन्त्रिमण्डल विस्तार गर्दै तीन जना नयाँ मन्त्री नियुक्त गरेकी थिइन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

नवनियुक्त मन्त्रीहरूमध्ये रामेश्रवर प्र. खनाललाई अर्थ मन्त्रालय, कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयसहित भौतिक पूर्वाधार, यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, ओम प्रकाश अर्यालले गृह मन्त्रालयसँगै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्ने जिम्मेवारी बाडँफाड गरिएको थियो।

स्रोतको अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महावीर पुनलाई दिइएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व संगीता कौशल मिश्राले गर्ने भएका छन्। उद्योग तथा वाणिज्य मन्त्रालयमा अनिल कुमार सिन्हा, सूचना तथा सञ्चार मन्त्रालयमा जगदीश खरेल र कृषि मन्त्रालयमा मदन परियार नियुक्त भएका छन् भने सम्भवत् उनीहरुको शपथग्रहण कार्यक्रम आज रहेको छ ।

यससँगै कार्की नेतृत्वको अन्तरिम मन्त्रिमण्डल अहिले नौ सदस्यीय भएको छ। सरकारले अब आउने वर्ष फागुन २१ मा आम निर्वाचनसम्म शासन सञ्चालन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्कीले सरकारको पहिलो प्राथमिकता शान्ति, पारदर्शिता र निष्पक्ष चुनाव सुनिश्चित गर्ने बताएकी छन्।


worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here