नेकपा भित्र अन्तरविरोध बढ्दो

0
450
  • डा.डिआर उपाध्याय

यति बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलोले सवैको ध्यान तानेको छ । पात्र फेरिए तर प्रवृत्ति फेरिएन । किसान, मजदुर र गरिबको हिजो जस्तो अवस्था थियो आज पनि त्यस्तै छ । लोकतान्त्रिक गणतन्त्रकालमा सर्वसाधरण जनताले फरक महसुस केही पाएका छैनन् यो भन्दा बिडम्वना के हो ? । मजदुर, किसान, श्रमजीवी, शोषित पीडित, गरिब जनताको समस्या दिनहँु बढदै गएका छन । नेताहरु एक आपसमा लडेर तमसा देखाइरहेका छन । महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम र सबै उत्पीडित जाति र पिछडिएका क्षेत्रका जनताले आफना अधिकारका कुरा उठाइरहेका छन । सबै वर्ग, तह र समुदायका जनतालाई समानरूपमा अधिकारसम्पन्न बनाई राष्ट्रिय एकता सुदृढ पार्नु नै आजको आबश्यकता हो । तर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद तीव्र बन्दै जाँदा यो पार्टी विभाजन हुनेसम्मका चर्चापरिचर्चा भइरहेका छन्। यो मुलुकका लागी दुरभाग्र्य हो । यदि नेकपा विभाजित भइहाल्यो भने त्यो मुलुकका लागी घातक हुने छ । यो कुरा मैले धेरै पहिले देखि उठाउँदे आएको छु । गएको शनिबार प्रधानमन्त्री र नेपाली कांग्रेस सभापतिबीचको भेटवार्तालाई पनि कतिपयले सम्भावित सत्ता सहकार्यका रूपमा अथ्र्याए। यो वास्तविकता होइन।अहिले यतातिर जानु पर्ने कुनै कारण छैन । दुई ठूला कम्युनिस्ट पार्टीले स्थायित्व र समृद्धिको नारा दिँदै चुनावी गठबन्धन गरेपछि जनताले त्यसलाई विश्वास गरे। नेपाली जनताले झन्डै दुईतिहाइ मत दिए। चुनावी गठबन्धन पछि नेकपा बन्यो। सरकार पनि बन्यो । तर जनताले सोचे बमोजिम सरकारले काम गर्न सकेन । यो नै दुखद पक्ष हो । प्रचण्ड र ओलीबीच सत्तासंघर्षको लडाई चलेको छ । यो कुरा सवैले बुझेका छन । पार्टीभित्र फरक–फरक समीकरण विकसित हुँदै आएका छन्। यति बेला ओली पार्टीभित्र कमजोर सावित भएका छन्। उनी एक्लिएको अवस्था छ। तर ओली आफ्नाविरुद्ध भइरहेका मोर्चाबन्दीबाट डराएका छैनन्। उनी सहजै हार स्वीकार गर्ने पक्षमा छैनन्। अर्का पक्षको चाहनाअनुसार ओली सत्ता र पार्टी नेतृत्व छाड्ने मनस्थितिमा छैनन्। एउटाले जसरी पनि हटाउने र अर्का पक्ष कुनै पनि हालतमा पद नछाड्ने अडानकै परिणाम नेकपाभित्र अन्तरविरोध चर्किंदै गएको छ। अन्तरविरोध सत्ता साझेदारीको विषयमै केन्द्रित छ। नेकपा भित्र अन्तरविरोध बढ्दो छ। सार्वजनिक रूपमै आरोप–प्रत्यारोप भइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here