गायिका योजना तथा गायक राजाको ‘थोत्रे साइकल’ सार्वजनिक(भिडियो)

0
321

संचारकर्मी समेत रहेकी गायिका योजना पुरी तथा गायक राजा खतिवडाको युगल गायनको नयाँ गीत ‘थोत्रे साइकल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पुष्कर खतिवडाको शब्द र संगीतमा रहेको उक्त गीतमा ओम सुनारले संगीत संयोजन गरेका छन् ।

म्युजिक भिडियोमा गायक राजा खतिवडा, सृजु ढुंगाना, राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीले अभिनय गरेका छन् । ईलामको रमणीय चिया बगानको दृश्य समावेश गरिएको म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन गरेका हुन् ।

भिडियोमा नविन निरौलाको सम्पादन छ । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here