नेपाली पौडीबाज अलेक्जेन्डरले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्

0
90

पुरुष १०० मिटर फ्रिस्टाइलमा नेपाली पौडीबाज अलेक्जेंडर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । यो कीर्तिमान चलिरहेको पेरिस ओलम्पिक २०२४ मा बनाइएको हो ।

फ्रान्सको पेरिसस्थित ला डिफेन्स एरिनामा भएको हिट ३ मा ५१ दशमलव ९१ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै शाहले ५२.१७ सेकेन्डको आफ्नै कीर्तिमान सुधारेका हुन् । उनी आठ पौडी खेलाडीसहित हिट ३ मा तेस्रो भए ।

सोही विधामा जम्मा ७९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए भने शाह ५९ औं स्थानमा रहे ।

अलेक्जेन्डरसँगै टेबलटेनिसकी शान्तु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी दुवाना लामा र जुडोकी मनिता श्रेष्ठ प्रधानले समर ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनीहरु सबै आ–आफ्नो खेलको पहिलो चरणबाटै बाहिरिएका छन् ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here