“मिस्टर एण्ड मिस ग्रेस टिन विराटनगर” को ग्राण्ड फिनाले सम्पन्न

0
575

विराटनगर, – ग्रेस इभेन्ट्सको आयोजनामा तथा क्युपिड फोटोग्राफीको सहकार्यमा “मिस्टर एण्ड मिस ग्रेस टिन विराटनगर २०२५ – सिजन ३” को ग्राण्ड फिनाले विराटनगर–११, पञ्चाली रोडस्थित कञ्चनजंघा प्यालेसमा अत्यन्त भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुरज थापाले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय गायक सपन श्रेष्ठको सजीव प्रस्तुति विशेष आकर्षण बनेको थियो, जसले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

प्रतियोगितामा महिला तर्फ इशिका श्रेष्ठ र पुरुष तर्फ इमोन श्रेष्ठले मुख्य उपाधि जित्न सफल भए। उपविजेताको रूपमा नन्दनी मण्डल र प्रणिश कुमार खत्रीले स्थान पाए। आयोजक चोइस अवार्ड खुसी सोनीलाई प्रदान गरिएको थियो भने भोटिङ स्टार अवार्ड भूमि श्रेष्ठ र इमोन श्रेष्ठले पाए। भ्युअर्स चोइस अवार्ड इशिका श्रेष्ठ र इमोन श्रेष्ठलाई प्रदान गरिएको थियो।

यस प्रतियोगितामा विभिन्न सब–टाइटल तथा विशेष अवार्डहरू प्रदान गरिए। मिस क्युपिड फोटोजेनिक र मिस फ्ललेसको उपाधि इशिका श्रेष्ठले प्राप्त गरिन् भने इमोन श्रेष्ठले मिस्टर क्युपिड फोटोजेनिक र मोस्ट फोकस्डको उपाधि हात पार्न सफल भए। दिया विश्वस र एम.डी. शोएब अन्सारीलाई मोस्ट डिसिप्लिन्ड घोषित गरियो। मिस ट्यालेन्ट नन्दनी मण्डल, मिस्टर ट्यालेन्ट प्रणिश कुमार खत्री, मिस ब्युटीफुल तथा बेस्ट वाक भूमि श्रेष्ठ, र मिस्टर ह्यान्डसम तथा बेस्ट वाक उपाधि योबिन मगरले प्राप्त गरे।

अन्य विशेष अवार्डमा स्मिता चौहान र प्रणिश कुमार खत्री मोस्ट कन्फिडेन्ट घोषित भए भने परियंशा बस्नेत मोस्ट चार्मिङ, आदर्श राई बेस्ट फिजिक, बिध्या सुनुवार बेस्ट पर्सनालिटी, नन्दनी मण्डल र ब्रह्मदेव यादव बेस्ट मोडल, र खुसी सोनी मोस्ट इन्टेलेक्चुअलको उपाधि विजेता बने।

निर्णायक मण्डलमा प्रतिष्ठित व्यक्तित्वहरू सहभागी थिए, जसमा मेकअप आर्टिस्ट तथा ट्रान्स एक्टिभिस्ट निलम पौडेल, मिस्टर सगरमाथा २०१७ तथा फेसन कोरियोग्राफर अर्शु महार्जन, जनकी पोलिट्याङ्ककी सञ्चालिका सोनिया गुप्ता चौधरी, ताज इभेन्ट्स नेपालका प्रबन्ध निर्देशक रोनक अग्रवाल, र मिसेस इंडिजिनस २०२४ तथा सामाजिक अभियन्ता सोनिया चाम्लिङ राई रहेका थिए।

कार्यक्रममा अतिथि कलाकारको रूपमा गायक जितेश सिंह, गायिका प्रज्ञान तामाङ, र नर्तकहरू लाप्साङ तामाङ तथा सुसान्त शाहले प्रस्तुति दिएका थिए।

कार्यक्रम व्यवस्थापनमा बिन्द्र प्रजापति (फोटोग्राफर तथा कोषाध्यक्ष), उमेश कटुवाल (सल्लाहकार), सबिन खड्का (आईटी प्रमुख), प्रतिक्ष्या डंगोल (सञ्चालिका), सुजल परीयाल (संयोजक), उमेश खड्का (फेसन कोरियोग्राफर), मञ्जरी तामाङ (प्रशिक्षण संयोजक), नितेश कुमार सिंह (मार्केटिङ प्रमुख), श्रीही गुरुङ (स्टेज संयोजक), शिखा विश्वकर्मा (स्वयंसेवक संयोजक) लगायत अस्मिता कार्की, एलेक्स केसी, खुश्बु साहानी, रेश्मी साहानी, र गुन्जन बास्कोटाको उल्लेखनीय योगदान रह्यो।

कार्यक्रमको फोटोग्राफी क्युपिड फोटो स्टुडियोद्वारा सम्पन्न गरिएको थियो, जसमा बिन्द्र प्रजापतिको नेतृत्व रह्यो। भिडियोग्राफी धिरेन शाहले सम्हालेका थिए। मेकअप जिम्मेवारी सन्ध्या घिमिरे, कला गुरुङ, प्रतिभा घिमिरे, पूजा विश्वकर्मा, ऋतिका घिमिरे र दीपिका लिम्बुले सम्हालेका थिए।

ग्रेस इभेन्ट्सले सम्पूर्ण अतिथि, निर्णायक मण्डल, सहभागी, अभिभावक, दर्शक, साझेदार, कलाकार र मिडिया टोलीप्रति आभार व्यक्त गर्दै, यो कार्यक्रम केवल सौन्दर्य प्रतियोगिता नभई युवा प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासको सशक्त मञ्च भएको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here