सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार: कानुन, अर्थ र ऊर्जामा नयाँ टोली

0
59

काठमाण्डौ, भाद्र ३०, २०८२- अहिले ११:३० बजे राष्ट्रपति कार्यालयमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूले सपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले कार्यक्रम तय भएको जानकारी दिएको छ।

अन्तरिम सरकारमा अहिलेसम्म तीन मन्त्रीको नाम पक्का भएको छ।

ओमप्रकाश अर्याल : गृह तथा कानुन मन्त्री

रामेश्वर खनाल : अर्थ मन्त्री

कुलमान घिसिङ : ऊर्जा मन्त्री

ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालय दिनु कानुनी सुधार र पारदर्शितातर्फ सरकारको संकेत मान्न सकिन्छ। उनी भ्रष्टाचारविरुद्धको मुद्दामा सक्रिय भएकाले सरकारको प्राथमिकता सुशासन भन्ने देखिन्छ।

रामेश्वर खनालले अघिल्लो अनुभव र विस्तृत प्रतिवेदनमार्फत तत्कालीन आर्थिक संकट समाधानका उपाय देखाएका थिए। उनको नियुक्ति आर्थिक स्थिरता र संरचनागत सुधार मा जोड दिनेसँग जोडिन्छ।

कुलमान घिसिङ लोडसेडिङ अन्त्य गरेर जनताबीच लोकप्रिय भइसकेका व्यक्ति हुन्। ऊर्जा मन्त्रालयमा उनको फिर्ती ऊर्जा सुरक्षामा जनअपेक्षा उच्च रहेको संकेत हो।

यसरी कानुन, अर्थ र ऊर्जा क्षेत्रमा अनुभव र जनविश्वास बटुलेका व्यक्तिहरूको समावेशीसँगै सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार औपचारिक रूपमा प्रारम्भ हुन लागेको छ।


worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here