राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको छ

0
430

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई बुझाएको ४० बुँदे माग पूरा गर्न दबाब दिन आज काठमाडौंमा प्रदर्शन गरेको छ ।

शहरका विभिन्न स्थानबाट निस्किएको र्‍यालीले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि भद्रकाली सडकमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा, लाठीचार्ज र केही अश्रुग्यास प्रहार गरेको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।

आन्दोलनका क्रममा पार्टीका केही कार्यकर्ता पनि घाइते भएको राप्रपाले जनाएको छ । प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात अवरुद्ध भएको छ । सिंहदरबारको मुख्य सडकमा करिब दुई घण्टादेखि सवारीसाधन चलेका छैनन् ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here