एसीसी पुरुष प्रिमियर कप अन्तर्गत बुधबार नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ ।
७४ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा ७५ रन बनाएर पुरा गरेको थियो ।
जितका लागि नेपाली ब्याट्सम्यान गुल्सन झाले ३२ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले १७ र रोहित पौडेलले १६ रन बनाए । त्यस्तै आसिफ शेख र कुशल मल्लले २–२ रन बनाए ।
साउदीका बलर इश्तियाक अहमदले २ विकेट लिए । त्यस्तै उस्मान नजिब र वाजी उल हसनले एक एक विकेट लिए ।
जितसँगै नेपाल समूह ‘ए’ को विजेता बन्दै ८ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
हङकङ र कतारको ४ अंक छ भने साउदी अरेबिया र मलेसियाको २ अंक छ ।