कैलालीमा पछिल्लो १० महिनामा ६६१ नयाँ उद्योग दर्ता भएका छन्

0
277

कैलाली जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयमा चालू आर्थिक वर्ष २०२३/२४ को पछिल्लो १० महिनामा ६६१ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीका अनुसार दर्ता भएका नयाँ उद्योगमध्ये १३ उत्पादनमूलक, २९६ कृषिमा आधारित र २३५ सेवामूलक उद्योग छन् ।

पछिल्लो समय महिलाको स्वामित्वमा रहेका उद्योगको संख्या उल्लेख्य रुपमा बढ्दै गएको जोशीले बताउँदै महिलाको स्वामित्वमा रहेका निजी कम्पनीको दर्तामा करमा छुट दिँदा महिलाको स्वामित्वमा रहेका उद्योगको सङ्ख्या बढेको बताए ।

कैलालीमा हालसम्म विभिन्न स्केलका १५ हजार ४९६ उद्योग दर्ता भएका छन् । तीमध्ये १३७ उद्योगको दर्ता खारेज भएको छ । आधिकारिक रूपमा बन्द हुने उद्योगहरूको संख्या नगण्य रहेको भए पनि समयमै नवीकरण गर्न नसकेका उद्योगहरू खारेज गरिएको उनले बताए।

दर्ता भएका उद्योगका लागि २५ अर्बभन्दा बढीको लगानी प्रस्ताव गरिएको जोशीले जानकारी दिए ।

त्यस्तै, कार्यालयले सो अवधिमा रु एक करोड ४० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।


worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here