सुनको भाउ तोलामा २ हजारले घटेको छ

0
91

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा रहेको हलमार्क सुन आज एक लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज कामदार सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो हिजो रु १४८,८०० थियो।

चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले घटेर एक हजार ८३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here