एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र पाकिस्तान भिड्दैछन् । खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे श्रीलंकाको डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
नेपाली टोली लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । नेपालले पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गरेको थियो ।
पाकिस्तानले पनि प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्य राखेको छ । यसअघिको पहिलो खेलमा पाकिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो ।
सन् २०१६ को एसिया कपमा नेपाल र पाकिस्तान भिडेका थिए, त्यसबेला पाकिस्तानले नेपाललाई ९ विकेटले हराएको थियो ।
महिला एसिया कप (एशियन वुमेन्स क्रिकेट च्याम्पियनसिप), आधिकारिक रूपमा एसीसी महिला एसिया कप भनेर चिनिन्छ, महिलाको एक दिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हो। यो 2004 मा स्थापित भएको थियो र एक द्विवार्षिक प्रतियोगिता हो। प्रतियोगितामा एसियाका क्रिकेट टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।