काठमाडौं, भाद्र ३१
नेपाल सरकारले भोलि २०८२ असोज ०१ गतेका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हालै भएको Gen-Z (१२ देखि २८ वर्षका उमेर समूह ) आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली स्वरूप सरकारले सार्वजनिक बिदा दिने र राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि सबै सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहनेछन्। साथै, राष्ट्रभरका सरकारी कार्यालय, निकाय र संस्थाहरूमा झण्डा आधा झुकाउने व्यवस्था गरिएको छ।
सरकारले शोक दिवसको अवसरमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै जनताको भावनासँग एकाकार हुने उद्देश्य राखेको जनाएको छ।




