“चाडपर्वमा राहत : पेट्रोलियम पदार्थको मूल्य यथावत्”

0
58

काठमाण्डौ, भाद्र ३१

नजिकिँदै गरेको दशैं–तिहारलाई लक्षित गर्दै र आन्दोलका कारण निम्त्याका आर्थिक परिस्थितिलाई मध्यनजर गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसको खुद्रा मूल्य यथावत् कायम राख्ने निर्णय गरेको छ। निगमले विज्ञप्तिमार्फत उपभोक्तामाथि मूल्यवृद्धिको थप चाप नपरोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपनि तत्काल समायोजन नगर्ने स्पष्ट पारेको छ।

निगमका अनुसार भारतको इण्डियन आयल कर्पोरेशनबाट आयात हुने पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६ पैसा मूल्यवृद्धि भएको छ। तर, उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै उक्त भारलाई निगमले आफैं व्यहोर्ने निर्णय गरेको हो। यसले चाडपर्वमा यातायात, व्यापार र आम नागरिकको दैनिक खर्चमा राहत दिने अपेक्षा गरिएको छ।

यद्यपि निगमले अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दो मूल्यका कारण निकट भविष्यमा पुनरावलोकन र समायोजन अपरिहार्य हुने सम्भावना रहेको पनि जनाएको छ। उपभोक्तामाथि तत्काल राहत दिन गरिएको यो निर्णय दीर्घकालीन टिकाउ हुने नहुने भन्ने विषयमा भने प्रश्न उठ्ने गरेको छ, किनकि निगम स्वयं आर्थिक घाटामा परेको अवस्था सार्वजनिक गरिँदै आएको छ।


worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here