सरकारले सुरु गरेको खोप अभियानमा हालसम्म ५० लाख ६४३ हजार बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइएको छ । दादुरा र रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले फागुन १५ देखि चैत २० गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो । बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले सरकारले ५७ लाख ४२ हजार बालबालिकालाई खोप दिने लक्ष्यमा कूल ५६ लाख ४३ हजार बालबालिकालाई खोप लगाइएको बताए । ‘हाम्रो लक्ष्यअनुसार बालबालिकालाई खोप लगाइएको छ। जिल्लाबाट प्राप्त प्रारम्भिक चरणको प्रतिवेदनमा अभियानअन्तर्गत ९६ प्रतिशत बालबालिकालाई खोप लगाइएको पाइएको छ,’ उनले भने । सरकारले यस वर्ष रुकुम पश्चिम र जाजरकोटबाहेक ७५ जिल्लामा दादुरा र रुबेला सङ्क्रमणविरुद्ध खोप अभियान सञ्चालन गरेको थियो । यसअघि रुकुम पश्चिम र जाजरकोटमा खोप अभियान सुरु गरेको थियो । अभियानअन्तर्गत भारतसँग सीमा जोडिएका २१ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लाका नौ महिनादेखि १५ वर्षसम्मका बालबालिका तथा ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाइएको थियो । खोप अभियानलाई सफल बनाउन ४९ हजार ९३७ स्वास्थ्यकर्मी र ५९ हजार ९०६ स्वयंसेवक परिचालन गरिएको थियो ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400




